शुक्रबार, वैशाख ७, २०८१
06:37 | ११:२२

भारतमा एक दिनमै झन्डै ३९ हजार संक्रमित

रासस जुलाइ १९, २०२०

नयाँ दिल्ली । भारतमा विगत २४ घण्टामा अहिलेसम्मकै धेरै ३८ हजार ९०२ व्यक्तिमा कोभिड–१९ संक्रमण पुष्टि भएको संघीय स्वास्थ्य मन्त्रालय तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी गराएको छ ।

योसँगै भारतमा कोभिड–१९ संक्रमितको  कूल संख्या  १० लाख ७७ हजार ६१८ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

विगत २४ घण्टामा कोभिड–१९ संक्रमित ५४३ जनाको  मृत्यु भएसँगै यो महामारीका कारण भारतमा मृत्यु हुनेको संख्या २६ हजार ८१६ पुगेको मन्त्रालयले पुष्टि गरेको छ ।

भारतमा आइतबारसम्म निको भई घर फर्किने कोभिड–१९ संख्या  ६ लाख ७७ हजार ४२३ पुगेको छ भने अझै तीन लाख ७३ हजार ३७९ व्यक्ति संक्रमित छन् ।

सबैभन्दा बढी प्रभावित भारतीय राज्य महाराष्ट्रमा शनिबारसम्म तीन लाख ९३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) का अनुसार जुलाई १८ सम्म भारतमा एक करोड ३४ लाख ३३ हजार ७४२ नमूना परीक्षण गरिएको छ ।  जसमध्ये शनिबार तीन लाख ६१ हजार २४ व्यक्तिको कोभिड–१९ संक्रमण पुष्टि भएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू