शुक्रबार, चैत १६, २०८०
04:44 | १०:२९

विश्वमा ८२ लाख ८४ हजार बढीले जिते कोरोना

रासस-एएफपी जुलाइ १७, २०२०

जेनेभा । विश्वमा कोरोना भाइरस संक्रमित भएका १ करोड ३९ लाख ५२ हजार ४०६ जना व्यक्तिमा ८२ लाख ८४ हजार २८५ व्यक्ति संक्रमण मुक्त भएका छन् ।

शुक्रबारसम्म प्राप्त समाचारअनुसार विश्वमा कोरोना भाइरसको संक्रमणबाट ५ लाख ९२ हजार ७५७ जना व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ ।

हाल विश्वभर ५० लाख ७५ हजार ३६४ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितमध्ये ५९ हजार ८८७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३६ लाख ९५ हजार २५ जना कोरोना भाइरसका संक्रमित भएका छन् । जसमध्ये १ लाख ४१ हजार ११८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ३१ लाख १६ हजार ३९३ जना कोरोना भाइरस संक्रमति छन् । यहाँ १ लाख १२ हजार २९३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४३ लाख २६ हजार ८२८ जना कोरोना भाइरस संक्रमति छन् र १ लाख ९२ हजार ४८७ जनाको मृत्यु भएको छ ।

युरोपमा २६ लाख २९ हजार ७२ जना कोरोना भाइरस संक्रमित छन् भने १ लाख ९८ हजार १६६ को मृत्यु भएको छ । एसिया ३१ लाख ९९ हजार १६० जनामा कोरोना भाइरस संक्रमण हुनाको साथै ७५ हजार २५९ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ६ लाख ६७ हजार ३३४ जनामा कोरोना भाइरस संक्रमण छ भने १४ हजार ३९९ जनाको मृत्यु भएको छ । ओसियानामा १२ हजार ९०३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू