बिहीबार, वैशाख १३, २०८१
12:31 | १७:१६

नेपालमा कोरोना संक्रमणबाट ७३ वर्षीय वृद्धको मृत्यु

नेपाली लिङ्क जुलाइ १७, २०२०

राजविराज । सप्तरी जिल्लाको राजविराज नगरपालिका निवासी एकजना व्यवसायीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

सप्तरी जिल्लामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने उनी पहिलो व्यक्ति हुन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

गत बुधबार अस्पताल भर्ना गरिएका ७३ वर्षीय वृद्धको बिहीबार राति अन्दाजी १० बजे मृत्यु भएको जनाइएको छ । बीपी कोइराला अस्पतालले सोही दिन स्वाब सङ्कलन गरेको थियो ।

बिहीबार कोरोना रिपोर्ट पोजिटिभ आएपछि आइसोलेसनमा भर्ना गरिएको थियो । भर्नाको केही समयपछि उनको मृत्यु भएको बताइएको छ ।

मृतक लामो समयदेखि मधुमेह, उच्च रक्तचाप र मुटु रोगबाट बिरामी थिए । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू