शुक्रबार, चैत १६, २०८०
06:01 | ११:४६

अमेरिकन एयरलाइन्सले २५ हजार कर्मचारी कटौती गर्ने

रासस/एएनआई जुलाइ १६, २०२०


मस्को, १ साउन–अमेरिकन एयरलाइन्सले अग्रपङ्िक्तमा रहेर काम गर्ने झण्डै २५ हजार कर्मचारीलाई रोजगारीबाट निकाल्ने चेतावनी दिएको छ ।

कोरोनाभाइरसको महामारीका कारण सेवा प्रवाहमा अत्यधिक कमी आएकाले कर्मचारीहरु कटौती गर्नुपर्ने बाध्यता रहेको कम्पनीले जनाएको छ ।

निस्काशित हुन लागेकामध्ये झण्डै २९ प्रतिशत कर्मचारीहरु अमेरिकी रहेको पनि कम्पनीका अधिकारीहरुले जानकारी दिएका छन् ।

पदमुक्त हुन लागेका कर्मचारीहरुलाई दुई बर्षभन्दा बढीको विदा लिन वा अग्रिम अवकास लिन आग्रह पनि गरिएको छ ।

“कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या घटेको छैन, कतिपय राज्यहरुले निषेधात्मक व्यवस्थाहरुलाई फेरि सक्रिय बनाउन थालेका छन्, त्यसैले तत्काल पर्याप्त हवाई सेवा सञ्चालनमा आउने देखिदैन,” कम्पनीका प्रमुख कार्यकारी अधिकृत डोङ पार्कर र अध्यक्ष रोबर्ट इसोमले भने ।

कम्पनीले जुन महिनासम्ममा ८० प्रतिशतभन्दा बढी आम्दानी घटेको जानकारी दिएको समाचारमा उल्लेख गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू