शुक्रबार, वैशाख ७, २०८१
15:35 | २०:२०

तुलसीपुर उपमहानगर ‘क्यासलेस’

रासस जुलाइ १६, २०२०

दाङ । तुलसीपुर उपमहानगरपालिकालाई नगदविहीन अर्थात् ‘क्यासलेस’ बनाइएको छ । आर्थिक सुशासन र बैंकिङ प्रणालीप्रति अभ्यस्त बनाउन उपमहानगरपालिकामा मेगा बैंकको काउन्टर स्थापना भएपछि आजबाट नगदविहीन बनाइएको हो ।

अब उपमहानगरपालिकालाई तिर्नुपर्ने पैसा सेवाग्राहीले अनिवार्यरुपमा बैंकमा जम्मा गर्नुपर्नेछ । काउन्टर राख्न इच्छुक बैंकबाट आवेदन लिएर बैकलाई काउन्टर स्थापनाका लागि स्वीकृति दिइएको उपमहानगरपालिकाका वित्तीय अधिकृत ललितबहादुर घर्तीले जानकारी दिए । 

गत वर्ष नै काउन्टर उद्घाटन गर्ने भनिए पनि राष्ट्र बैंकसँगको प्रक्रियामा भएको ढिलाइका कारण यस वर्षबाट मात्रै सञ्चालन गर्न सकिएको बैंकको व्यवस्थापक राजन भण्डारीले जानकारी दिए   

काउन्टर शुभारम्भ गर्दै उपमहानगरप्रमुख घनश्याम पाण्डेले ‘क्यासलेस’ बनाउने लक्ष्य पूरा भएकामा खुशी व्यक्त गरे   

उनले अनौपचारिक कारोवार रोक्नका लागि बैंकिङ प्रणालीको ठूलो महत्व हुने र हरेक नागरिकलाई बैंकिङ प्रणालीसँग जोड्न सकिए मात्रै औपचारिक कारोवार वृद्धि हुने बताए ।

उपमहानगरपालिकाले आफ्नो हरेक भुक्तानी अनलाइनबाट गर्ने गरी काम अगाडि बढाएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू