सोमबार, २८ सेप्टेम्बर, २०२६
01:00 | ०५:४५

तुलसीपुर उपमहानगर ‘क्यासलेस’

रासस जुलाइ १६, २०२०

दाङ । तुलसीपुर उपमहानगरपालिकालाई नगदविहीन अर्थात् ‘क्यासलेस’ बनाइएको छ । आर्थिक सुशासन र बैंकिङ प्रणालीप्रति अभ्यस्त बनाउन उपमहानगरपालिकामा मेगा बैंकको काउन्टर स्थापना भएपछि आजबाट नगदविहीन बनाइएको हो ।

अब उपमहानगरपालिकालाई तिर्नुपर्ने पैसा सेवाग्राहीले अनिवार्यरुपमा बैंकमा जम्मा गर्नुपर्नेछ । काउन्टर राख्न इच्छुक बैंकबाट आवेदन लिएर बैकलाई काउन्टर स्थापनाका लागि स्वीकृति दिइएको उपमहानगरपालिकाका वित्तीय अधिकृत ललितबहादुर घर्तीले जानकारी दिए । 

गत वर्ष नै काउन्टर उद्घाटन गर्ने भनिए पनि राष्ट्र बैंकसँगको प्रक्रियामा भएको ढिलाइका कारण यस वर्षबाट मात्रै सञ्चालन गर्न सकिएको बैंकको व्यवस्थापक राजन भण्डारीले जानकारी दिए  । 

काउन्टर शुभारम्भ गर्दै उपमहानगरप्रमुख घनश्याम पाण्डेले ‘क्यासलेस’ बनाउने लक्ष्य पूरा भएकामा खुशी व्यक्त गरे  । 

उनले अनौपचारिक कारोवार रोक्नका लागि बैंकिङ प्रणालीको ठूलो महत्व हुने र हरेक नागरिकलाई बैंकिङ प्रणालीसँग जोड्न सकिए मात्रै औपचारिक कारोवार वृद्धि हुने बताए ।

उपमहानगरपालिकाले आफ्नो हरेक भुक्तानी अनलाइनबाट गर्ने गरी काम अगाडि बढाएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू