बुधबार, वैशाख १२, २०८१
22:24 | ०३:०९

सगुन र प्रभु समूहबीच सहकार्य, प्रयोगकर्तालाई थप सुविधा

नेपाली लिङ्क जुलाइ १६, २०२०

काठमाडौं । नेपालीहरुद्वारा स्थापित पहिलो सोसल मिडिया सगुन र प्रभु म्यानेजमेन्टबीच सहकार्य शुरु भएको छ ।

सामाजिक सञ्जाललाई मनोरञ्जनका लागि मात्रै भन्दा पनि प्रयोगकर्तालाई ज्ञान र आम्दानी गर्नका साथै अनेकौं दैनिक कार्य सजिलो बनाइदिने सुविधा पनि उपलब्ध गराउन उक्त साझेदारी गरिएको बताइएको छ ।

अहिले प्रयोगकर्ताहरुले सगुनमार्फत एनसेल, स्मार्ट सेल र एनटीसीको रिचार्ज कार्ड सित्तैमा प्रयोग सक्छन् भने दुई कम्पनीका अनुसार आगामी दिनमा सगुनका प्रयोगकर्ताहरुले बिजुली, पानी, इन्टरनेट, टिभीको बिल तिर्न सक्ने तथा पैसा पठाउने/ पाउने, बैंकमा बुझाउने जस्ता प्रभु म्यानेजमेन्टका सेवा तथा सुविधाहरुहरुको लाभ पनि उठाउन सक्नेछन् ।

 ‘म प्रभु म्यानेजमेन्टमा बिजनेस डेभलपमेन्ट म्यानेजरको रुपमा २ वर्ष कार्यरत थिएँ र प्रभु म्यानेजमेन्टले नेपालीहरुलाई वर्षौंदेखि दिइरहेको सेवासुविधा तथा ग्राहकहरु प्रति उनको प्रतिबद्धता बारे राम्रोसँग परिचित छु। त्यसैले यो साझेदारी गर्न पाउँदा एकदमै खुशी छु, सगुन नेपालका ‘कन्ट्री म्यानेजर’ आनन्द बज्रचार्यले भने, ‘यस सहकार्यमार्फत हाम्रो प्रयोगकर्ताहरुले अनेकौ सुविधाका साथै सामाजिक सञ्जाल प्रयोगमा नयाँपन र व्यापार–व्यवसायहरुले आफ्नो सेवा ठुलो संख्याका प्रयोगकर्ताका बिचमा पुर्याउन सजिलो हुनेमा म विश्वस्त छु ।’

आम नेपालीहरूको माझमा प्रभु कुनै नौलो नाम होइन । ‘जहाँ जहाँ नेपाली त्यहाँ त्यहाँ प्रभु’ भन्ने मुल नाराका साथ निरन्तर सेवामा समर्पित प्रभु समूहले विभिन्न समयमा विभिन्न संघ संस्थासंग सहकार्य गर्दै जनमुखी सेवा पुर्याउदै आईरहेको छ । 

प्रभुले सगुनसँग सहकार्य गरि सोसल मिडिया क्षेत्रमा नेपालीहरुलाई सेवा दिनेबारे प्रभु म्यानेजमेन्टकी कार्यकारी अध्यक्ष कुसुम लामा भन्छिन्, ‘हामी सगुनसँग साझेदारी गर्न पाएकोमा खुसी छौं । सगुन एक नेपाली डायस्पोराले स्थापना गरेको सोशल मिडिया एप भएकोमा हामीलाई गर्व छ र हामी प्रभु समूहको रूपमा सगुनको विकासका लागि पूर्ण साथ दिनेछौं । यस ऐतिहासिक यात्राको लागि आनन्द र सगुन टीमलाई शुभकामना दिन चाहन्छु ।’

सगुन अमेरिका, नेपाल र भारत ३ वटै देशमा दर्ता भइ संचालन हुँदै आएको छ । हालसम्म ५७ लाख प्रयोगकर्ताले सगुन प्रयोग गरेका छन् ।

कम्पनीका अनुसार प्रभु म्यानेजमेन्टसंगको सहकार्य पछि सगुन नेपाल र भारतका प्रयोगकर्ताहरुले मात्र ४ करोड ‘स्मार्ट कोइन’ बराबरको शपिंग गरिसकेका छन् । जम्मा २ अर्ब सगुन स्मार्ट कोइन वितरण भइसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू