शुक्रबार, वैशाख ७, २०८१
14:29 | १९:१४

भारतमा एकै दिनमा ३२ हजार ५ सय बढी संक्रमित

रासस-एएनआई जुलाइ १६, २०२०

नयाँ दिल्ली । भारतमा एकैदिनमा कोरोनाभाइरसबाट संक्रमित भएकाको संख्या ३२ हजार ६९५ पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीले बिहीबार जानकारी दिएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा  ३२ हजार ६९५ संक्रमित भएको जनाएको छ । योसँगै भारतमा कुल संक्रमितको संख्या ९ लाख ६८ हजार ८७६ पुगेको  मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

त्यसैगरी भारतमा गत २४ घण्टामा कोरोनाका कारण ६०६ जनाको मृत्यु भएपछि कोभिड १९ बाट मृत्यु हुनेका संख्या २४ हजार ९१५ पुगेको छ ।

भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या ३ लाख ३१ हजार १४६ छ भने ६ लाख १२ हजार ८१५ जना संक्रमणमुक्त भइसकेका छन् ।  

भारतमा महाराष्ट्र राज्य अत्यन्त प्रभावित भएको छ ।  यहाँ संक्रमितको संख्या २ लाख ७५ हजार ६४० पुगेको छ । तीमध्ये १० हजार ९२८ जनाको मृत्यु भइसकेको छ । 

त्यसैगरी कोरोनाबाट दोस्रो धेरै प्रभावित भएको तमिलनाडु राज्यमा १ लाख  ५१ हजार ८२० संक्रमित हुँदा २ हजार १६७ जनाको मृत्यु भएको छ ।

केन्द्रीय राजधानी समेत रहेको दिल्ली राज्यमा पनि १ लाख १६ हजार ९९३ जना संक्रमित भएका छन् भने ३ हजार ४८७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू