शनिबार, वैशाख ८, २०८१
10:40 | १५:२५

कोरोनाले ज्यान गुमाउने पाँच लाख ८१ हजार पुगे

रासस-एपी-एएफपी जुलाइ १५, २०२०

पेरिस । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण बुधबारसम्ममा मृत्यु भएकाहरुको संख्या पाँच लाख ८१ हजारभन्दा बढी पुगेको छ ।

त्यसैगरी कुल संक्रमितको संख्या पनि दिनप्रतिदिन बढेर एक करोड ३४ लाख ७१ हजार ८६२ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमितमध्ये ७८ लाख ६६ हजार २६५ जना भने संक्रमणमुक्त भइसकेका छन् ।

विश्वभर संक्रमित भएकाहरुमध्ये सबैभन्दा धेरै अमेरिकामा छन् । कोरोनाका कारण मानवीय क्षति र संक्रमितको संख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ ।

अमेरिकामा बुधबारसम्ममा ३५ लाख ४५ हजारभन्दा बढी संक्रमित भएका छन् भने मृत्यु भएकाहरुको संख्या एक लाख ३९ हजार १४५ रहेको छ ।

त्यसैगरी कोरोनाबाट दोस्रो धेरै प्रभावित भएको मुलुक ब्राजिलमा १९ लाख ३१ हजार संक्रमित हुँदा ७४ हजार २६२ जनाको मृत्यु भएको छ ।

भारत तेस्रो धेरै संक्रमितको सूचीमा पर्दछ भने चौथो धेरै संक्रमित हुनेमा रुस छ । रुसमा बुधबारसम्ममा सात लाख ४६ हजारभन्दा बढी संक्रमित भएका छन् । रुसी अधिकारीहरुले कोरोनाका कारण देशभित्र मृत्यु भएकाहरुको संख्या ११ हजार ७७० पुगेको जानकारी दिएका छन् ।

त्यसैगरी पाँचौमा पेरु, छैठौँमा चिली, सातौंमा मेक्सिको, आठौँमा स्पेन, नवौंमा दक्षिण अफ्रिका र दशौँमा बेलायतमा धेरै संक्रमित छन् ।

कतिपय देशहरुमा संक्रमित हुनेहरुको संख्यामा कमी देखिए पनि विश्वभरीको अवस्थामा सन्तोषजनक सुधार आउन नसकेको भन्दै विश्व स्वास्थ्य संगठनले चिन्ता व्यक्त गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू