शुक्रबार, वैशाख १४, २०८१
09:09 | १३:५४

नेपालमा कोरोनाबाट थप तीनको मृत्यु, ७० जना संक्रमित

२ काठमाण्डौ र एकजना सिन्धुपाल्चोकका पुरुषको मृत्यु

नेपाली लिङ्क जुलाइ ११, २०२०

काठमाडौँ । नेपालमा कोरोना संक्रमण पुष्टि भएका थप ३ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

मृत्यु हुनेमा २ जना काठमाण्डौ र एकजना सिन्धुपाल्चोकका रहेको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

प्रवक्ता गौतमका अनुसार काठमाण्डौ १० शंखमुलका म्रिगौलापीडित ६० वर्षीय पुरुष, काठमान्डौ गोकर्णेश्वरकै ५४ वर्षीय पुरुष र सिन्धुपाल्चोक पाँच पोखरीका ४५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

गएको २४ घन्टामा नेपालमा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १६ हजार ७ सय १९ पुगेको छ ।

पछिल्लो चौबिस घण्टामा ३ हजार ६ सय ४८ जनामा कोरोना परीक्षण गरिएको छ । हाल क्वारेन्टाइनमा २४ हजार ८७ छन् भने पछिल्लो चौबिस घण्टामा ४ सय ३१ जना संक्रमित निको भई घर फर्केका छन् ।

आइसोलेसनमा रहेका बिरामीको सङ्ख्या ८ हजार २ सय ३९ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू