शुक्रबार, चैत १६, २०८०
08:31 | १४:१६

डेढ दर्जन लोकगीतपछि ‘घिन्की पकनी’का साथमा खेम भण्डारी

नेपाली लिङ्क जुलाइ ११, २०२०

काठमाडौं   झण्डै डेढ दर्जन लोकगीत गाइसकेका लोकगायक खेम भण्डारीले तीजगीतको विषयवस्तुलाई समेटेर नयाँ गीत ‘घिन्की पकनी’ ल्याएका छन् ।

‘हाम्री आमाले पकाएको रोटी, सेल हो कि ठकनी’ जस्ता गाउँघरका पुराना शब्दलाई टिपेर हाइब्रीड शैलीमा गीत प्रस्तुत गरिएको छ ।

गीतमा स्वर र शब्द खेम भण्डारीको छ भने एरेन्ज सन्तोष सुनामले गरेका छन् । लेकाली स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियो क्रियसन हाउसले बनाएको हो । गीतको रेकर्ड र मिक्सिङ मानबहादुर बराल मगरले गरेका हुन् ।

धनबहादुर थापामगरको कोरियोग्राफी र आदर्श थापामगरको ग्राफिक डिजाइन रहेको गीतका सहायक क्यामेरापर्सन मिथुन थापा हुन् । गीतको सम्पादन, सिनेमेटोग्राफी र निर्देशन बालकुमार मगरले गरेका छन् ।

गीतमा भरत गुरुङ र करन थापामगरले कोरसमा साथ दिएका छन् भने सपना परियार, रमिता गुरुङ, अन्जना राना, सुप्रिया केसी लगायतले भिडियोमा साथ दिएका छन् ।

गायक खेम भण्डारीले यसअगाडि पनि कलाकारको जिन्दगी, त्यो डाँडा पारी, मै नाच्छु लगायतका लोकगीत र तीज गीतहरु गाइसकेका छन् ।

कोरोनाको महामारीमा सिमित साधन श्रोतका बीचमा काम गर्नुपर्ने भएपनि दर्शकहरुलाई मनोरञ्जन दिलाउन तीज गीत बजारमा ल्याएको उनले बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू