शनिबार, २६ सेप्टेम्बर, २०२६
22:53 | ०३:३८

डेढ दर्जन लोकगीतपछि ‘घिन्की पकनी’का साथमा खेम भण्डारी

नेपाली लिङ्क जुलाइ ११, २०२०

काठमाडौं ।  झण्डै डेढ दर्जन लोकगीत गाइसकेका लोकगायक खेम भण्डारीले तीजगीतको विषयवस्तुलाई समेटेर नयाँ गीत ‘घिन्की पकनी’ ल्याएका छन् ।

‘हाम्री आमाले पकाएको रोटी, सेल हो कि ठकनी’ जस्ता गाउँघरका पुराना शब्दलाई टिपेर हाइब्रीड शैलीमा गीत प्रस्तुत गरिएको छ ।

गीतमा स्वर र शब्द खेम भण्डारीको छ भने एरेन्ज सन्तोष सुनामले गरेका छन् । लेकाली स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियो क्रियसन हाउसले बनाएको हो । गीतको रेकर्ड र मिक्सिङ मानबहादुर बराल मगरले गरेका हुन् ।

धनबहादुर थापामगरको कोरियोग्राफी र आदर्श थापामगरको ग्राफिक डिजाइन रहेको गीतका सहायक क्यामेरापर्सन मिथुन थापा हुन् । गीतको सम्पादन, सिनेमेटोग्राफी र निर्देशन बालकुमार मगरले गरेका छन् ।

गीतमा भरत गुरुङ र करन थापामगरले कोरसमा साथ दिएका छन् भने सपना परियार, रमिता गुरुङ, अन्जना राना, सुप्रिया केसी लगायतले भिडियोमा साथ दिएका छन् ।

गायक खेम भण्डारीले यसअगाडि पनि कलाकारको जिन्दगी, त्यो डाँडा पारी, मै नाच्छु लगायतका लोकगीत र तीज गीतहरु गाइसकेका छन् ।

कोरोनाको महामारीमा सिमित साधन श्रोतका बीचमा काम गर्नुपर्ने भएपनि दर्शकहरुलाई मनोरञ्जन दिलाउन तीज गीत बजारमा ल्याएको उनले बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू