शुक्रबार, चैत १६, २०८०
12:55 | १८:४०

भारतमा ६२.४२ प्रतिशत कोभिड सङ्क्रमित निको भएर फर्किए

रासस-एएनआई जुलाइ १०, २०२०


नयाँ दिल्ली, २६ असार–भारतमा कोभिड–१९ सङ्क्रमितमध्ये ६२.४२ प्रतिशत व्यक्ति उपचारपछि निको भई घर फर्किएका भारतको संघीय मन्त्रालयले शुक्रबार बताएको छ । मृत्यु दर २.७२ प्रतिशतमा झरेको बताइएको छ ।

देशका १८ राज्यहरूमा सङ्क्रमित निको हुनेको राष्ट्रिय दरभन्दा औसत दर बढी रहेको बताइएको छ । त्यस्तै विभिन्न ३० राज्यमा मृत्युदर राष्ट्रिय तथ्याङ्कभन्दा कम रहेको छ ।

निको भई घर फर्किनेको सङ्ख्या राष्ट्रिय तथ्याङ्कभन्दा बढी हुने राज्यहरू, पश्चिम बङ्गालमा ६४.९४ प्रतिशत, उत्तर प्रदेशमा ६५.२८ प्रतिशत, उडिसामा ६६.१३ प्रतिशत, मिजोराममा ६७.५१ प्रतिशत, झारखण्डमा ६८.०२ प्रतिशत, पञ्जाब ६९.२६ प्रतिशत, बिहार ७०.४० प्रतिशत, गुजरात ७०.७२ प्रतिशत, मध्य प्रदेश ७४.८५ प्रतिशत, हरियाणा ७४.९१ प्रतिशत, त्रिपुरा ७५.३४ प्रतिशत, राजस्थान ७५.६५ प्रतिशत, दिल्ली ७६.८१ प्रतिशत, चण्डीगढ ७७.०६ प्रतिशत, छत्तीसगढ ७८.९९ प्रतिशत, उत्तराखण्ड ८०.८५ प्रतिशत, लद्दाख ८६.७३ प्रतिशत र हिमाञ्चल प्रदेश ७४.२१ प्रतिशत रहेको छ ।

त्यस्तै सङ्क्रमित मृत्यु भएको राष्ट्रिय औसत तथ्याङ्क २.७२ प्रतिशतभन्दा कम हुने राज्यहरूमा मणिपुर, नागाल्याण्ड, मिजोराम, अन्दामान तथा निकोबार टापू, सिक्किम, त्रिपुरा, दादरालगायतका स्थान रहेका छन् । सङ्क्रमण दर दुई प्रतिशतभन्दा बढी रहेका राज्यहरूमा राजस्थान, उत्तर प्रदेश, पञ्जाब, तामिलनाडू, जम्मू–कश्मिर, कर्नाटक, हरियाणारहेका छन् ।

भारतभर एक हजार २१८ कोभिड–१९ विशेष अस्पताल, दुई हजार ७०५ कोभिड–१९ विशेष स्वास्थ्य केन्द्र र १० हजार ३०१ सामान्य कोभिड उपचार केन्द्र स्थापना गरिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा विगत २४ घण्टामा दुई लाख ८३ हजार ६५९ शङ्कास्पद नमूनाको परीक्षण भएको र अहिलेसम्म एक करोड १० लाख २४ हजार भन्दा बढी व्यक्तिको कोभिड–१९ परीक्षण भएको छ ।

भरतमा शुक्रबार साँझसम्म कोभिड–१९ बाट सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ९८ हजार १६१ रहेको छ भने मृत्यु हुनेको सङ्ख्या २१ ह्जार ६५६ रहेको छ । त्यस्तै भारतमा निको भई घर फर्किने कोभिड–१९ सङ्क्रमितको सङ्ख्या चार लाख ९७ हजार ६९० रहेको छ । यहाँ अझै दुई लाख ७८ हजार ८०० भन्दा बढी रहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू