शुक्रबार, चैत १६, २०८०
14:48 | २०:३३

बाढी पहिरोबाट ४६ जनाको मृत्यु, ५८ बेपत्ता

१२ जिल्लामा ४६ जनाले ज्यान गुमाएका छन्

नेपाली लिङ्क जुलाइ १०, २०२०

अविरल वर्षासँगै तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेतीमा आएको बाढी । बाढीका कारण शुक्लागण्डकी नगरपालिका–४ र ८ जोडने सेती नदीमाथि निर्माण गरिएको पुल जोखिममा परेको छ । तस्वीर- कृष्ण न्यौपाने/रासस

काठमाडौँ । नेपालमा हालै सुरु मनसुनका कारण भएको बाढी पहिरोबाट विभिन्न १२ जिल्लामा ४६ जनाले ज्यान गुमाएका छन् । पर्वत, पाल्पा, बझाङ, गुल्मी, सिन्धुपाल्चोक, म्याग्दी, कास्की, जाजरकोट, लमजुङ, रुकुम पश्चिममा गएको पहिरोमा परि ३७ जना घाइते भएको गृह मन्त्रालयले जनाएको  छ ।

यसैगरी हालसम्म ५८ जना वेपत्ता रहेको खबर साँझसम्म संकलन भएको छ । आज मात्र एक जनाको बाढीले बगाएर र २३ जनाको पहिरोमा परि मृत्यु भएको छ । २४ जना वेपत्ता छन् । सिन्धुपाल्चोकमा हालसम्म दुई जनाको मात्र शव फेला परे पनि अन्यको भेटिएको छैन् । पाँचजना घाइते काठमाडौँमा छन् । हालसम्म एक चिनियाँ सहित २१ जना वेपत्ता रहेका छन् ।

म्याग्दीमा पहिरोमा परि ३ जनाको मृत्यु भएको छ । एक जनाको बाढीले बगाएर मृत्यु भएको छ भने पाँच जना घाइते छन् । त्यहाँ २९ जना वेपत्ता छन् ।

आपतकालीन केन्द्रका अनुसार जाजरकोटमा सात जनाको शव फेला परेको छ । पाँच जना घाइते र पाँच जना वेपत्ता रहेका छन् । कास्कीमा सात जनाको शव फेला परेको छ भने १७ जना घाइते छन् ।

लमजुङमा तीनजनाको मृत्यु तीन जना घाइते रहेका छन् । गुल्मीको कुश्मा एक जना र रुकुम पश्चिमको आठबिसकोटमा दुई जनाको मृत्यु भएको छ ।

संघीय सरकार, स्थानीय तह र जिल्ला प्रशासन कार्यालय विपदपछिको उद्धार, राहत र उपचारमा जुटेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू