भारतमा एकैदिन अहिलेसम्मकै धेरै २६ हजार संक्रमित


नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा २६ हजारभन्दा बढी पुगेको छ ।
सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ५ सय ६ जना संक्रमित भएका छन् । यो संख्या दैनिक संक्रमित भएकाहरुको संख्या मध्ये सवैभन्दा धेरै पनि हो ।
केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एकैदिनमा ४७५ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या सात लाख ९३ हजार ८ सय २ पुगेको अधिकारीहरुले जनाएका छन् ।
भारतमा अहिले पनि दुई लाख ७६ हजार ६ सय ८५ जना संक्रमित अवस्थामै छन् भने चार लाख ९५ हजार ५ सय १३ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको संख्या अहिलेसम्म २१ हजार ६ सय ४ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।
कोरोनाबाट भारतमा सवैभन्दा धेरै प्रभावित भएको महाराष्ट्र प्रदेशमा दुई लाख ३० हजार ५ सय ९९ जना संक्रमित भएका छन् । त्यसैगरी तमिलनाडुमा एक लाख २६ हजार ५ सय ८१ जना र दिल्ली प्रदेशमा एक लाख सात हजार ५१ जना संक्रमित भएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५