शुक्रबार, चैत १६, २०८०
14:32 | २०:१७

अमेरिकामा ९० लाख मानिस बेरोजगार

थप १३ लाखद्वारा बेरोजगारी भत्ता दावी

रासस/एएफपी जुलाइ ९, २०२०

वासिङ्टन–अमेरिकामा बेरोजगार भएकामध्ये थप १३ लाखले बेरोजगारी भत्ताको दावी गरेका छन् ।

उनीहरुले बेरोजगारी भत्ताको दावी गर्दै अघिल्लो हप्ता फाराम भरेको अमेरिकी अधिकारीहरुले जानकारी दिएका छन् । तर, दावी गर्नेहरुको सङ्ख्या भने घट्दै गएको उनीहरुको भनाइ छ ।

श्रम मनत्रालयका अधिकारीहरुले कोरोनाभाइरसका कारण अमेरिकामा एक करोड ९० लाख मानिस बेरोजगार भएको जनाएका छन् । उनीहरुले यो तथ्याङ्क जुन २७ सम्मको मात्रै भएको जानकारी दिएका छन् ।

अमेरिकामा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्यामा कमी नआएको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू