बिहीबार, वैशाख १३, २०८१
08:07 | १२:५२

निको भए ७० लाख ७१ हजार बढी संक्रमित

रासस-एएफपी जुलाइ ९, २०२०

जेनेभा । बिहीबार अपराह्नसम्म कोरोना भाइरस संक्रमण भएका ७० लाख ७१ हजार ४६७ जना व्यक्ति निको भएर फर्केका छन् ।

कोरोना भाइरसबाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ५२ हजार १६४ पुगेका बताइएको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड २१ लाख ७२ हजार १८१ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ ।

हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४५ लाख ४८ हजार ५ सय ५० जना उपचाररत छन् । उनीहरुमध्ये ५८ हजार २ सय ८८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३१ लाख ५८ हजार ९ सय ३२ जनामा कोरोना भाइरसका संक्रमित छन् । कोरोनाका कारण अमेरिकामा १ लाख ३४ हजार ८ सय ६२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २६ लाख ७२ हजार ४४ जना कोरोना भाइरस संक्रमति छन् । यहाँ ९८ हजार ६ सय ११ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३७ लाख १ हजार १ सय ६५ जना कोरोना भाइरस संक्रमति छन् र १ लाख ८० हजार ४ सय ६३ जनाको मृत्यु भएको छ ।

युरोपमा २५ लाख १८ हजार ५ सय ७ जना कोरोना भाइरस संक्रमित छन् भने १ लाख ९६ हजार ५० को मृत्यु भएको छ । एसियामा २७ लाख ४१ हजार ८ सय जनामा कोरोना भाइरस संक्रमण रहेको छ र ६५ हजार ५ सय ९२ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ५ लाख २५ हजार ८ सय ९४ जनामा कोरोना भाइरस संक्रमण भएको छ भने १२ हजार २ सय ७० जनाको मृत्यु भएको छ । ओसियानामा १० हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण हुनाको साथै १ सय २८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू