शुक्रबार, वैशाख १४, २०८१
07:00 | ११:४५

नेपालमा थप २ सय ५५ जनामा कोरोनाको पुष्टि

काठमान्डौ उपत्यकामा थप २३ जनामा कोरोना

नेपाली लिङ्क जुलाइ ८, २०२०

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १६ हजार ४ सय २३ पुगेको  छ । गएको २४ घण्टामा ४ हजार ६ सय ९६ जनामा पीसीआर परीक्षण गरिएको  छ ।

काठमाडौँमा १६ जना र ललितपुरमा ७ जना गरि काठमान्डौ उपत्यकामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ । हालसम्म २ लाख ६६ हजार ४ सय ५७ जनामा कोरोना परीक्षण गरिसकिएको छ ।

आज २ सय ५३ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको कूल संख्या ७ हजार ७ सय ५२ पुगेको छ ।

हाल क्वारेन्टाइनमा २४ हजार ४० जना र  आइसोलेसनमा ८  हजार ६ सय ३६ जना रहेका छन् । ७७ वटै जिल्लामा कोरोना संक्रमण फैलिएकोमा पाँच वटा जिल्ला भने कोरोना संक्रमण मुक्त घोषित भएका छन् ।

धनकुटा, भोजपुर, सोलुखुम्बु, हुम्ला र मुस्तांगमा कोरोनाको कुनै पनि संक्रमण नभएको हुँदा कोरोना संक्रमणमुक्त जिल्ला घोषणा गरिएको प्रवक्ता गौतमले जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू