बिहीबार, वैशाख २७, २०८१
00:35 | ०५:२०

इथियोपियामा भड्किएको हिंसामा मृत्यु हुने २ सय ३९

रासस-एएफपी जुलाइ ८, २०२०

अदिस अबाबा । अफ्रिकी मुलुक इथियोपियामा भएको हिंसात्मक घटनामा परी मृत्यु भएकाहरुको संख्या २ सय ३९ पुगेको छ ।

विभिन्न जातीय समूहका बीचमा अघिल्लो हप्ता भएको हिंसामा परी मृत्यु हुनेहरुको संख्या बढ्दै गएर २ सय ३९ पुगेको प्रहरीले जनाएको छ ।

एक जना चर्चित पपगायक हचालु हुन्डेस्साको अघिल्लो हप्ताको सोमबार हत्या भएपछि इथियोपियामा हिंसा भड्किएको हो ।

हत्याका विरुद्धमा भएको प्रदर्शनका क्रममा अरु थुप्रै घाइते भएका छन् भने लाखौँको भौतिक संरचनाहरुमा पनि प्रदर्शनकारीहरुले क्षति पुर्याएका छन् ।

राजधानीसहित देशका विभिन्न ठाउमा प्रदर्शन भइरहेका र उनीहरुले तोडफोड तथा आगजनी गर्ने गरेको प्रहरीले जनाएको छ ।

सरकारले गायकको हत्यारा पत्ता लगाइ कारबाही गर्ने प्रतिबद्धता जनाएपनि प्रदर्शन नरोकिएर हिंसाका घटना भइरहेको जनाइएको छ ।

हत्यापछि भएका घटनाहरुमा परेर नौ प्रहरी, पाँच जना लडाकू र २ सय १५ जना आम नागरिकले जीवन गुमाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू