बिहीबार, वैशाख १३, २०८१
17:22 | २२:०७

बेलायतमा कार्यरत नेपाली सेफहरुको तथ्यांक संकलन गर्दै सेफ एशोसिएसन

अनलाइन फारम भरेर निशुल्क संस्थाको सदस्यता

नेपाली लिङ्क जुलाइ ८, २०२०

लण्डन । बेलायतमा कार्यरत नेपाली सेफहरुको तथ्यांक संकलन गरिने भएको छ । बेलायतका नेपाली सेफहरुको प्रतिनिधि संस्था नेप्लिज सेफ एशोसिएसन यूकेले बेलायतभर रहेका सेफहरुको तथ्यांक संकलन गर्ने अभियान शुरु गरेको छ ।

एशोसिएसनले अनलाइन माध्यमबाट आफ्नो वेबसाइटमार्फत फारम भरेर संस्थाको सदस्य बन्न बेलायतमा कार्यरत सबै नेपाली सेफहरुलाई आव्हान गरेको छ । यसरी अनलाइन फारम भरेर कुनै शुल्क बिना नै संस्थाको सदस्यता लिन सकिने एशोसिएसनका प्रवक्ता राजु बोहोराले जानकारी दिए ।

इंग्ल्याण्ड, स्कटल्याण्ड, वेल्स र नर्दन आयरलयाण्डसहित बेलायतका चारवटै राज्यका कुनै पनि ठाउँमा कार्यरत नेपाली सेफहरुलाई अनलाइन फारम भर्न आवहान गरिएको छ ।

नेप्लिज सेफ एशोसिएसन युकेको सदस्य बन्न यो लिंकमा क्लिक गरेर फारम भर्न सकिनेछ ।

बेलायतमा कार्यरत सम्पूर्ण नेपाली सेफहरुलाई संगठित गर्ने एशोसिएसनको लक्ष्यअनुसार नै तथ्यांक संकलनको काम शुरु गरिएको एशोसिएसनका अध्यक्ष दधि आचार्य बताउँछन् । अनलाइन माध्यमका साथै क्षेत्रगत रुपमा पनि समिति निर्माणहरु गरेर बेलायतका सबै स्थानका सेफहरुको तथ्यांक जुटाउने योजना रहेको उनले सुनाए ।

यसअघि गत सोमबार बसेको एशोसिएसनको अनलाइन बैठकले बेवसाइट शुभारम्भ गर्दै सदस्यता वितरणको अभियान शुरु गरेको थियो । अध्यक्ष दधि आचार्यको अध्यक्षतामा सम्पन्न बैठकमा उपाध्यक्षहरु मोहनलाल वली र रामप्रसाद न्यौपाने, महासचिव भूपेन्द्र पाठक, सहकोषाध्यक्ष धर्म चापागाईं, प्रवक्ता राजु बोहोरा र सदस्यहरु चन्द्र साहनी, शिव कंडेल, केवी गुरुङ र शिवलाल पौडेलको सहभागिता थियो ।

बैठकले कोरोना महामारीका कारण बेलायतमा कार्यरत नेपाली सेफहरुलाई परेको असर र उनीहरुको लागि संस्थाको तर्फबाट गर्न सकिने सहयोगबारे छलफल गरिएको थियो ।

बेलायतमा कार्यरत नेपाली सेफहरुको यकिन तथ्यांक अहिलेसम्म उपलब्ध नभएपनि यो संख्या करिब ५ हजारको हाराहारीमा रहेको अनुमान गरिन्छ । यीनै सेफहरुलाई संगठित गर्ने, पेशागत क्षमता अभिवृद्धि गर्ने, बेलायतमा नेपाली कुइजिनको प्रवद्र्धन गर्ने लगायतका लक्ष्यसहित सामाजिक अभियन्ता कृष्ण तिमल्सेनाको नेतृत्वमा सन् २०१२ मा नेप्लिज सेफ एशोसिएसन युके स्थापना गरिएको थियो ।

त्यसयता एशोसिएसनले नेपालमा विभिन्न च्यारिटीमुलक कामहरु समेत गर्दै आएको छ ।

सोमबार बसेको एशोसिएसनको अनलाइन बैठक

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू