शनिबार, वैशाख ८, २०८१
07:42 | १२:२७

सुनको मूल्य प्रति तोला ९१ हजार ५ सय

नेपाली लिङ्क जुलाइ ८, २०२०

काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन बुधबार प्रतितोलामा ६ सय रुपैयाँले बढेर ९१ हजार ५ सयमा कारोबार भैरहेको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला ९१ हजार ६० रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

बुधबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर ९ सय ५५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू