बिहीबार, वैशाख १३, २०८१
18:36 | २३:२१

जापानमा बाढीका कारण मृत्यु हुनेको संख्या ४४

रासस-एएनआई जुलाइ ६, २०२०


क्युशु, जापान, २२ असार- जापानमा बाढीका कारण मृत्यु भएकाहरुको संख्या ४४ पुगेको छ ।

देशको दक्षिणपश्चिमी क्युशु क्षेत्रमा बर्षासंगै आएको बाढीका कारण मृत्यु भएकाको संख्या बढेर ४४ पुगेको हो । जापानको मौसमसम्वन्धी कार्यालयले देशमा ठूलो बर्षाको पुर्वानुमान गरेको थियो ।

बाढी प्रभावित क्षेत्रमा एक लाख १७ हजार घर परिवारका दुई लाख ५४ हजार वासिन्दा बस्ने गरेको अधिकारीहरुले जनाएका छन् । बाढी र डुवानका कारण अरु १० जना अझै पनि हराइरहेको जनाइएको छ ।

बाढीबाट प्रभावित भएकामध्ये एक हजार पांच सयलाई अस्थायी शरणार्थी शिविरहरुमा राखिएको छ । उनीहरुका लागि ८६ शिविर बनाइएको अधिकारीहरुले जानकारी दिएका छन् ।

बाढी प्रभावित क्षेत्रका भौतिक संरचनाहरु ध्वस्त भएका छन् भने सञ्चार, विद्युत, खानेपानी, सडक लगायतका सञ्जाल तोडिएको छ ।

घटनामा परेका अरु केहीलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उद्धारका लागि कुमामोटो क्षेत्रमा हेलिकोप्टर र झण्डै दश हजार सुरक्षाकर्मीहरु परिचालन गरिएको थियो । उनीहरुलाई घटनास्थलमै पुगेर उद्धार गरिएको थियो ।

बाढीका कारण कुमा नदी वरीपरी रहेका दर्जनौ घर, सवारी साधनलगायतका भौतिक संरचनाहरु क्षतिग्रस्त भएका छन् । अधिकांश घरहरुको छानोसम्म डुबान भएको अधिकारीहरुले जनाएका छन् ।

उद्धारकर्ताहरुले डुवानमा परेको क्षेत्रका बासिन्दालाई घरको छतमा बस्न र उद्धारका लागि खबर गर्न आह्वान गरेका छन् । डुवानमा परेकाहरुलाई सैनिक र हेलिकोप्टरबाट उद्धार गरिएको र यो कार्य जारी रहेको उद्धार कार्यमा खटिएका अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू