सोमबार, असोज २८, २०८१
00:36 | ०५:२१

अष्ट्रेलियाबाट सहजै पैसा पठाउन सकिने

रासस जुलाइ ६, २०२०


सिड्नी । अष्ट्रेलियामा रहेका नेपालीले आफूले कमाएको पैसा सहज रुपमा आफन्तलाई पठाउन सक्ने भएका छन् । सनराइज बैंक र अष्ट्रेलियामा रहेको ह्वाइट एभरेष्टद्धारा सञ्चालित रोयल रेमिटबीच विप्रेषण पठाउने सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विद्युतीय प्रणाली मार्फत विप्रेषण उपलब्ध गराउने सम्बन्धी सम्झौतामा आइतबार हस्ताक्षर भएको बैंकले जनाएको छ ।

सम्झौता अनुसार अष्ट्रेलियामा रहेका नेपालीले नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई पैसा पठाउन अझ सरल र सुलभ हुने आशा गरिएको छ । रोयल रेमिट नेपालमार्फत पैसा पठाउंदा उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्था समेत छ । रोयल रेमिट नेपाल मार्पmत अष्ट्रेलियाबाट नेपालमा पठाएको पैसा केही मिनेटमै सनराइज बैंकका देशभर रहेका १३० शाखा तथा बैंकका देशभरी छरिएका १० हजार भन्दा बढी एजेन्ट सञ्जाल मार्फत सजिलै नगद भुक्तानी लिन सकिनेछ ।

बैंक खातावालाको हकमा भने यो सेवा सनराइज बैंकको खातामा मात्र सीमित नभइ देशका अरु विभिन्न वाणिज्य र विकास बैंकको खातामा केही मिनेटमै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू