शनिबार, वैशाख ८, २०८१
22:48 | ०३:३३

विश्वभरमा कोरोनाबाट ५ लाख ३७ हजार बढीको मृत्यु

विश्वभरमा १ करोड १५ लाख ७२ हजार १ सय २४ जना संक्रमित

नेपाली लिङ्क जुलाइ ६, २०२०

लन्डन । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ३७ हजार नाघेको छ । वर्ल्डओमिटरले देखाएको तथ्याँकअनुसार हालसम्म विश्वमा ५ लाख ३७ हजार ४७ पुगेको छ । साथै विश्वभर १ करोड १५ लाख ७२ हजार १ सय २४ जना संक्रमित भएका छन् ।

यसैगरी कोरोना भाइरसका कारण बिरामी भएका ६५ लाख ४३ हजार ५४ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४४ लाख ९२ हजार २३ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५८ हजार ६ सय ५१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । वर्ल्डओमिटरका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र २९ लाख ८३ हजार १ सय ४२ जना कोरोना भाइरसका संक्रमित रहेका छन् । कोर्नाका कारण अमेरिकामा १ लाख ३२ हजार ५ सय ७१ व्यक्तिको मृत्यु भइसकेको छ ।

विश्वमा सबैभन्दा धेरै मृत्यु हुने मुलुकमध्य ब्राजिल दोस्रो स्थानमा, बेलायत तेस्रो स्थानमा, इटाली चौथो र मेक्सिको पाचौं स्थानमा रहेका छन् ।

यसैगरी सबैभन्दा बढी कोरोनाका संक्रमण अमेरिकामा छन् । संक्रमित मुलुकमा ब्राजिल दोस्रो स्थानमा, भारत तेस्रो स्थानमा, रसिया चौथो  स्थानमा र पेरु पाँचौं स्थानमा रहेको वर्ल्डओमिटरको तथ्याँकमा उल्लेख छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू