शनिबार, वैशाख ८, २०८१
13:02 | १७:४७

कोरोना भाइरसबाट विश्वमा पांच लाख २९ हजार बढीको मृत्यु

रासस/एएफपी जुलाइ ४, २०२०


२० असार– कोरोना भाइरस कोभिड १९ बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख २९ हजार ५५५ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड १२ लाख ७ हजार ५४० जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

नेपाली समयानुसार शनिबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ६३ लाख ६३ हजार ६९६ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४३ लाख २४ हजार २८९ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५८ हजार ८४१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २८ लाख ९१ हजार २२८ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३२ हजार १०७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २४ लाख २२ हजार २१ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहां ९० हजार ९१४ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३३ लाख ८१ हजार ४२९ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ७४ हजार १८३ जनाको मृत्यु भएको छ ।

युरोपमा २४ लाख ६२ हजार ९०९ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९्३ हजार २९५ को मृत्यु भएको छ । एसिया २४ लाख ८९ हजार ५६८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ६० हजार ९७ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ४ लाख ५० हजार ८८८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १० हजार ९२५ जनाको मृत्यु भएको छ । ओसियानामा १० हजार ४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू