शुक्रबार, वैशाख १४, २०८१
10:00 | १४:४५

माल्टामा चितवन सेवा समाज गठन

नेपाली लिङ्क जुलाइ ४, २०२०

माल्टा । वैदेशिक रोजगारीको सिलसिलामा युरोपेली मुलुक माल्टामा रहेका चिवनवासीहरूको भेलाले चितवन सेवा समाज माल्टा समन्वय समिति गठन गरेको छ ।

माल्टामा रही विभिन्न पेशा, व्यवसाय र रोजगारीमा आवद्ध चितवनेलीहरुको भेलाले समाज गठन गरेको हो ।

माधव प्रसाद वाग्लेको अध्यक्षतामा गठन भएको समितिको  उपाध्यक्षमा सुनिता शर्मा, महासचिवमा बलराम सापकोटा, सचिवमा लोमस श्रेष्ठ र कोषाध्यक्षमा दधिराम शर्मा छन् ।  

त्यसैगरी समितिको सदस्यहरुमा दिवश तामाङ, निम थनेत, अनुष्का कडेल, सुजन थापा, रामचन्द्र सापकोटा र खेमराज खरेल छन् । समाजको खेलकुद संयोजकमा आकाश गुरुङ एवम् सल्लाहकारमा मनिष अर्याल, प्रकाश वाग्ले र अन्जु खत्री चयन भएका छन् ।  

माल्टामा २ हजारको हाराहारीमा नेपलीहरु बसोबास गर्छन् । चितवन सेवा समाजको संजाल संसारका विभिन्न २२  देशमा स्थापित भइ प्रवासमा रहेका चितवनेलीहरुबीच आपसी सहयोग र समन्वयको काम गर्दै आएको छ ।  

चितवन सेवा समाजको अभियान समग्र चितवन अनि  संसारभर रहने चितवनेलीहरुको  लागि  कोसेढुंगा सावित हुने विश्वास समिति स्थापनाको पहल गर्ने  चितवन सेवा समाज अन्तरराष्ट्रिय समन्वय समितिका सद्भावना दूत शसोम सापकोटाले व्यक्त गरे । चितवन सेवा समाजले प्रवासमा रहेका  नेपालीलाई सहयोगका साथै चितवनसहित सिंगो  नेपलामा विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू