बिहीबार, चैत १५, २०८०
14:52 | २०:३७

भारतमा कोभिडबाट १८हजार बढीको मृत्यु, संक्रमित साढे ६ लाख

रासस जुलाइ ४, २०२०

 

 

 

 

 

नयाँ दिल्ली । भारतमा शनिबारसम्म कोभिड–१९ संक्रमित १८ हजार ६५५ भारतीयको मृत्यु भएको भारतको संघीय मन्त्रालयले जानकारी गराएको छ । भारतमा छ लाख ४८ हजार ३१५ व्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

विगत २४ घण्टामा भारतमा थप २२ हजार ७७१ व्यक्तिमा संक्रमण पुष्टि भएको र ४४२ संक्रमितको मृत्यु भएको मन्त्रालयद्वारा सार्वजनिक प्रेस विज्ञप्तिमा जानकारी गराइएको छ ।

विज्ञप्ति अनुसार शनिबार विहान ८ बजेसम्म १८ हजार ६५५ सङ्क्रमितको मृत्यु भएको र छ लाख ४८ हजार ३१५ जनामा संक्रमण देखिएको छ । त्यस्तै अहिलेसम्म तीन लाख ९४ हजार २२७ संक्रमित निको भई अस्पतालबाट घर फर्किएका छन् ।

शुक्रबार विहानसम्म संक्रमित को संख्या  छ लाख २५ हजार ५४४ रहेको थियो भने मृत्यु संख्या १८ हजार २१३ रहेको थियो ।

शनिबारसम्मको विवरण अनुसार भारतमा अझै दुई लाख ३५ हजार ४३३ व्यक्तिले संक्रमित छन् भने उनीहरूलाई देशभरका सयौँ अस्पतालहरूमा उपचार सेवा प्रदान गरिराखिएको छ ।

भारतमा अहिले लकडाउनलाई खुकुलो पार्दै कोभिड–१९ विरूद्धको दोस्रो चरणको अभियानलाई अभ्यासमा ल्याइएको छ ।

भारतीय नागरिक उड्डयन प्राधिकरणले यही जुलाई ३१ सम्मका लागि  व्यवसायिक अन्तराष्ट्रिय उडानहरूलाई सञ्चालनमा नल्याउने जानकारी गराएको छ भने भारतीय बजारहरूमा निश्चित मापदण्ड तोकी बजारलाई चलायमान बनाउन संक्रमणको अवस्था हेरी सामाजिक दूरी कायम गरी पसल तथा उद्योगहरूलाई सञ्चालनमा ल्याएको छ । तर विद्यालय र ठूलो जमघट हुने स्थानहरूलाई अझै सञ्चालनमा ल्याइएको छैन । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू