शुक्रबार, वैशाख १४, २०८१
23:03 | ०३:४८

कोरोनाबाट विश्वमा पाँच लाख २४ हजार बढीको मृत्यु

रासस-एएफपी जुलाइ ३, २०२०

जेनेभा  । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख २४ हजार ४०६ पुगेको छ । साथै, १ करोड १० लाख १ हजार २३ जना संक्रमित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिइएको छ ।

शुक्रबारसम्म कोरोना संक्रमण भएका ६१ लाख ६२ हजार ४ सय ६३ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४३ लाख १४ हजार १ सय ५४ जना उपचाररत छन् । संक्रमितहरुमा ५७ हजार ८ सय ७३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २८ लाख ३७ हजार १ सय ८९ जनामा कोरोना भाइरसका संक्रमित भएका छन् । अमेरिकामा १ लाख ३१ हजार ४ सय ८५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २३ लाख ६३ हजार ७ सय २२ जना कोरोना भाइरस संक्रमति छन् । यहाँ ८९ हजार ३८ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३३ लाख १५ हजार ४ सय ५२ जना कोरोना भाइरस संक्रमति छन् र १ लाख ७२ हजार ७ सय ८४ जनाको मृत्यु भएको छ ।

युरोपमा २४ लाख ४१ हजार ६ सय ३६ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९२ हजार ५ सय ९६ को मृत्यु भएको छ । एसियामा २४ लाख २७ हजार ४ सय ६३ जनामा कोरोना भाइरस संक्रमण हुनाको साथै ५८ हजार ९ सय ९८ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ४ लाख ३५ हजार ६०२ जनामा कोरोना भाइरस संक्रमण भएको छ भने १० हजार ६ सय ८३ जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार ७ सय ८ जनामा कोरोना भाइरस संक्रमण र १ सय २६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू