शुक्रबार, चैत १६, २०८०
15:19 | २१:०४

७० लाख पुगे सगुनका प्रयोगकर्ता

नेपाली लिङ्क जुलाइ ३, २०२०

लण्डन । नेपालीहरुको पहल र लगानीमा स्थापित सोसल इकमर्स साइट सगुनका प्रयोकर्ताहरु ७० लाख पुगेका छन् ।

हालसम्म विश्वका विभिन्न १ सय देशका ७० लाखभन्दा बढी प्रयोगकर्ता आफ्नो प्लेटफर्ममा जोडिएको सगुनले बताएको छ । सगुनका प्रयोगकर्तामध्ये धेरै नेपाल, भारत र अमेरिकामा छन् ।

सगुनले शुक्रबार जारी गरेको एक प्रेस वक्तव्यमा हालसम्म विश्वभरबाट ४ हजार भन्दा बढी सर्वसाधारणहरुले ६० लाख अमेरिकी डलर भन्दा बढी रकम सगुनमा लगानी गरिसकेको जनाइएको छ । सुगनका लगानीकर्ताहरु मुख्यगरी अमेरिका, बेलायत, अष्ट्रेलिया, दक्षिण कोरिया र भारत लगायतका देशमा छन् ।

सगुनले अमेरिका, भारत तथा नेपालमा त्यहाँका सरकारले व्यवस्था गरेबमोजिम कानूनी रुपमा कम्पनी दर्ता भएर सोहिअनुसार सञ्चालन गरिंदै आएको स्पष्ट पारेको छ । नेपालका केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भ्रम छर्ने उद्धेश्यले गलत तथ्यहरु फैलाउने कार्य गरिएकोमा ध्यानाकर्षण भएको सगुनले जनाएको छ ।

‘नेपालमा कम्पनी स्थापना गरेर क्रियाकलाप गर्नुको उद्धेश्य नेपालको रकमलाई विदेशमा पुर्याउनु होइन । बरु विदेशबाट नेपालमा रेमिट्यान्स भित्र्याउनु, नेपालमा रोजगारी सिर्जना गर्नु, व्यवसायका नयाँ र इनोभेटिभ अवसरहरु पत्ता लगाउनु र नेपाललाई आर्थिक सम्वृद्धिका क्षेत्रमा टेवा पुर्याउनु नै हो, सगुनको वक्तव्यमा भनिएको छ, ‘अमेरिका, युरोप, क्यानडा, अष्ट्रेलियालगायतका पश्चिमी मुलुकहरुमा बर्षौँदेखि बसोबास गर्दै आइरहेका नेपाली डायस्पोराले हासिल गरेको ज्ञान र अनुभवलाई नेपालको उन्नतिमा साझेदारी गराउनु पनि सगुनको लक्ष्य हो ।’

हेरौं, सगुनको प्रेस वक्तव्य:

प्रेस विज्ञप्ति

नेपालीहरुको सक्रियतामा अमेरिकाको डेलावयर राज्यमा कानूनीरुपमा दर्ता भएर विश्वभर सामाजिक सञ्जालको रुपमा फैलिएको सगुनका सम्वन्धमा नेपालका केही सञ्चारमाध्यम तथा समाजिक सञ्जालहरुमा प्रकाशित भ्रामक समाचारप्रति हाम्रो ध्यानार्कण भएको  

सगुनलाईअमेरिकाको धितोपत्र तथा विनियम आयोग (US Securities and Exchange commission, SEC)  बाट शेयरसम्बन्धी कारोबार गर्न अनुमति प्राप्त सोही आयोगको नियमभित्र रही सोही निकायले नियमन गर्दै आइरहेकोछ  

इन्डिया प्राइभेट लिमिटेडको रुपमा दर्ता भई भारतीय रिजर्व बैँक (RBI) द्वारा असीमित रेमिट्यान्स कारोवार गर्ने सगुनले भारतमा सन् २०१५ मा अनुमति प्राप्त गरेको  

त्यसैगरी नेपाल सरकारले तोके बमोजिमका सबै दर्ता तथा कानुनी प्रकृया पूरा गरी सगुन नेपाल प्राइभेट लिमिटेड दर्ता सन् २०१७ गरिएको साथै नेपाल राष्ट्र बैँकबाट तीन करोड रुपैयाँमा आवश्यकता अनुसार बढाउन सकिने गरी कारोबार गर्न स्वीकृत प्राप्त कम्पनी भएको जानकारी गराउँदछौँ

सुरुमा सन् २०१५ सम्म अमेरिकी कम्पनीहरुमा समेत सर्वसाधारणलाई सेयर किनबेच गर्न अनुमति थिएन   नयाँ परिवर्तित कानुनी व्यवस्थाअनुसार अब एसइसीले योग्य ठह¥याएका कुनै पनि कम्पनीहरुले आफ्नो सेयर (इक्विटी) सर्वसाधारणलाई बिक्री गरी बार्षिक पाँच करोड अमेरिकी डलरसम्मको पूँजी जम्मा गर्न सक्ने छन्

सगुन अमेरिकी कानुनअनुरुप अन्य ख्यातिप्राप्त कम्पनी जस्तै  अमेरिकाको धितोपत्रसम्बन्धी आयोग (US SEC) बाट योग्य कम्पनीको रुपमा छनौट भएको कम्पनी हो सगुनले अमेरिकी सरकारको मापदण्ड पूरा गरेको आधारमा सर्वसाधारणबाट पूँजी संकलन गर्ने आधिकारिक रुपमा अनुमति प्राप्त गरेको हो

नेपाली नेपाली मुलका विदेशी नागरिक, गैरआवासीय नेपालीको मुख्य लगानी रहेको सगुन दक्षिण एसियाली मुलुकमा नागरिकले स्थापना गरेको पहिलो अमेरिकी कम्पनी हो सगुन विदेशमा रहेका लाखौँ नेपालीहरु समक्ष  पुर्याउन उत्साहित

पूँजी निर्माणमा सहभागी हुन पाउने यो विशेष अवसर विश्वभरि रहेका ती सबै नेपालीहरुमा  पुर्याउन चाहन्छौं जुन इतिहासमा कहिल्यै प्राप्त हुन सकेको थिएन

यस अवसरका बारेमा भारतका दार्जिलिङ, असम, मणिपुर, भुटान, बर्मालगायत विश्वभरि छरिएर रहेका नेपालीभाषीलाई समेत हाम्रो सञ्जालमा जोड्न चाहन्छौं सो सञ्जाल जोड्नका लागि नेपाली सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहन्छ

सगुनको विश्वव्यापी लक्ष्य भनेको सामाजिक मिडियाको प्रयोग गर्ने तरिका परिवर्तन गर्नु हो मानिसलाई यस सञ्जालमा फरक तरिकाले अन्तरक्रिया गर्ने साँझा मञ्च (प्लेटफर्म) उपलब्ध गराउन चाहन्छौँ

विश्वभरका प्रयोगकर्ताहरुलाई आइफोन, एन्ड्रोइड फोन तथा डेस्कटपहरुमा सगुन प्रयोग गर्ने सुविधासहित सेवा उपलब्ध गराउँदै आइरहेका छौँ

हालसम्म विश्वका सय २० भन्दा बढी राष्ट्रहरुबाट ७० लाखभन्दा बढी प्रयोगकर्ताहरु सगुनको प्लेटफार्ममा जोडिएका छन् जसमध्ये धेरै प्रयोगकर्ताहरु नेपाल, भारत अमेरिकामा छन् हालसम्म विश्वभरबाट हजार भन्दा बढी सर्वसाधारण व्यक्तिहरुले  ६० लाख अमेरिकी डलर भन्दा बढी रकम सगुनमा लगानी गरिसकेका छन् सुगनका लगानीकर्ताहरु अमेरिका, बेलायत, अष्ट्रेलिया, दक्षिण कोरिया भारतका रहेका छन्

नेपालमा कम्पनी स्थापना गरेर क्रियाकलाप गर्नुको उद्देश्य नेपालको रकमलाई विदेशमा पु¥याउनु होइन बरु विदेशबाट नेपालमा रेमिट्यान्स भित्र्याउनु, नेपालमा रोजगार सिर्जना गर्नु, व्यवसायका नयाँ इनोभेटिभ अवसरहरु पत्ता लगाउनु नेपाललाई आर्थिक सम्बृद्धिका क्षेत्रमा टेवा पु¥याउनु नै हो साथै अमेरिका, युरोप, क्यानडा, अष्ट्रेलियालगायतका पश्चिमी मुलुकहरुमा बर्षौँदेखि बसोबास गर्दै आइरहेका नेपाली डायस्पोराले हाँसिल गरेको ज्ञान अनुभवलाई नेपालको उन्नतिमा साझेदारी गराउनु पनि सगुनको लक्ष हो

हामी सबैलाई थाहा भएकै कुरा हो कि नेपालमा करोड ५० लाख भन्दा बढी व्यक्तिहरु विभिन्न सामाजिक सञ्जालहरु प्रयोग गर्दछन् नेपालका यति धेरै प्रयोगकर्ताहरुले प्रयोग गर्ने सामाजिक सञ्जालहरुमा राखिएको विज्ञापनबाट अन्र्तराष्ट्रिय सामाजिक सञ्जालहरुले बार्षिक करिव २२ अरब रुपैयाँ नेपालबाट कमाउँछन् त्यो रकम नेपालमा नै रहोस् भन्ने चाहना कोसिस सगुनको रहेको , रहिरहने

ग्लोबल ब्राण्ड स्थापना गर्ने प्रवासी नेपालीहरु मध्ये सगुन पहिलो सुरुवातकर्ता हो सगुनले नयाँ गोरेटो कोर्दै नेपाली नयाँ पुस्ताहरुलाई प्रेरणा दिन चाहन्छ

हाम्रो सफलताले नवीनतम सोच काममार्फत विश्वसँग प्रतिस्पर्धा गर्न नेपाली नयाँ पुस्तालाई आत्मविश्वास जगाउन सक्छ भन्ने हाम्रो विश्वास रहेको

केही संचार माध्यममा आएका गलत समाचारका प्रकाशित तथ्यहरुलाई निम्न बुँदाहरुमा प्रष्ट पार्न चाहन्छौँ

. सगुनको नाम ब्राण्ड सुरक्षित गर्न मात्र सगुनको डोमेन नाम सन् २००६ मा दर्ता गरिएको थियो पछि सगुन कम्पनीका रुपमा अमेरिकाको डेलावयर राज्यमा दर्ता गरिएको थियो तर हालको सगुनको प्रारम्भिकरुपमा सन् २०१४ देखि मात्र काम सुरु भएको हो यसको पहिलो वेभसाइट सन् २०१५ अक्टुवरमा नेपालमा सुरु गरिएको थियो त्यसैले बजारमा सगुन मात्र वर्षको मात्र भएको

 . ‘स्टार्टअपभन्ने शब्दसँग कोही अलमलिनु जरुरी छैन स्टार्टअपशब्दको धरातलीय अर्थ भर्खर सुरु गरिएको भन्ने भएता पनि यसको वास्तविक अर्थ (यस क्षेत्रमा) हालसालै स्थापना गरिएको भन्ने अर्थमा मात्र सीमित हुदैन लामो समयदेखि विश्वबजारमा विश्वविख्यात कम्पनीहरुले समेतस्टार्टअपलेख्ने प्रचलन रहेकोछ  ‘स्टार्टअप कम्पनीले नयाँ आइडिया बजार ल्याउने तथा  नयाँ प्रविधिको खोजी  गर्दछन् बजारमा हेर्ने हो भने पनि ठूलै मात्रामा सर्वसाधारणले प्रयोग गरिरहेका प्रोडक्टहरुका उत्पादक कम्पनीहरुलाई समेतस्टार्टअप कम्पनीनै भनिएको पाइन्छ

 . नेपालको लगानीसम्बन्धी कानुनका कारण सगुनले नेपालीबाट कुनै लगानीको अपेक्षा राख्दैन नेपालको धितोपत्र बजारमा सगुनलाई दर्ता गर्नु पर्ने आवश्यक छैन सगुनले अमेरिकी सेक्युरिटिज कानून अनुसार अनलाइनबाट लगानी जुटाइरहेको जसमा इच्छुक लगानीकर्ताहरुले अनलाइनमार्फत् लगानी फर्म भर्नु सक्दछन् डेविट वा के्रडिट कार्ड, चेक तथा वायर ट्रान्सफर गरेर लगानीको रकम पठाउनु पर्दछ जुन नेपालबाट सम्भव पनि छैन

 . सगुनले धितोपत्र तथा विनिय आयोगमा पेश गरेको आर्थिक प्रतिवेदनलाई गलत ढंगले अपव्याख्या गर्दै आमसर्वसाधारण लगानीकर्तालाई समेतको विश्वासमा भ्रमित गर्ने गरी आएका समाचारप्रति दुःख व्यक्त गर्दछौं  सामान्यतया, लेखापरिक्षणको भाषामा, कम्पनीले आफ्नो इक्विटी बिक्री गरी संकलन गरेको कोषलाई घाटाको रुपमा लेखांकन गरिन्छ, तर वास्तवमा यो घाटा होइन् यसरी संकलन गरिएको पूँजीलाई कम्पनीले आफ्ना एप्लिकेशनहरु विकास गर्न प्रयोगकर्ताहरु बढाउन उपयोग गर्छ जसले वास्तविक अर्थमा कम्पनीको बौद्धिक सम्पत्ति बढाउँछ यसैको आधारमा कम्पनीको मूल्याकंन (भ्यालुएशन) मा  बृद्धि हुन्छ सगुन रेगुलेसन प्लस (Reg A+ Mini-IPO)  अन्तर्गतका अन्य कम्पनीहरुको आह्वान पत्र वित्तीय प्रतिवेदनहरु हेर्ने हो भने सगुनमा प्रयोग गरिएको भाषा नै प्रयोग भएको देख्न सकिन्छ सगुनको आर्थिक प्रतिवेदनका कुराहरुको अध्ययन गर्न सम्वन्धित पक्षहरुलाई अनुरोध गर्न चाहन्छौँ

 . स्थिर वा विकासको चरणमा रहेका कुनै पनि कम्पनीहरुमा गरिएको लगानी जहिले पनि जोखिमपूर्ण नै हुन्छ भने सगुन जस्ता प्रारम्भिक चरणका कुनै पनि कम्पनीहरुमा गरिने लगानी सधैँ चुनौतिपूर्ण रहेको हुन्छ तर यस्ता प्रारम्भिक चरणका कम्पनीहरु सफल भएमा यिनीहरुमा गरिएको लगानीले उच्च प्रतिफल दिने सम्भावना पनि त्यतिकै उच्च हुन्छ त्यसैले सगुनमा लगानी गर्न इच्छुक लगानीकर्ताहरुलाई लगानीको निर्णय लिनु अघि जोखिमका कारकहरुको जाँच अध्ययन गर्नु हुन अनुरोध गर्दछौँ

नविनतम सोच विश्वासका साथ विश्व बजारमा प्रतिस्पर्धा गर्ने हिम्मतका साथ नेपालीमूलका प्रवासीको पहलमा स्थापना भएको बामे सर्दै गरिरहेको पहिलो कम्पनी सगुनलाई सफल बनाउन विश्वभरिबाट नेपाली समुदायबाट सकारात्मक सिर्जनशील सुझाव सल्लाहको अपेक्षा गर्दछौँ

सगुन ब्राण्डलाई बिगार्ने गलत मनसायबाट तथ्य कुराहरुका बारेमा जानकारी नलिई कपोलकल्पित झुटा कुराहरु प्रचारप्रसार गरी सगुनका लगानीकर्ता, शुभचिन्तक तथा प्रयोगकर्ताहरुमा भ्रम सिर्जना गर्ने उद्देश्यका साथ आएका सम्पूर्ण समाचारहरुको खण्डन गर्दछौँ

अमेरिकीेमा दर्ता भएर  नेपालको कानूनलाई पूर्ण रुपमा पालना गर्दै  नेपालमा समेत कार्यालयको स्थापना गरी सञ्चालन भएको सगुन कम्पनीका सम्वन्धमा दुवै देशका नियम कानुन अनुरुप संचालित   भर्खरै सुरु भएकोस्टार्ट अपकम्पनीको काम गर्ने  तरिकाका बारेमा सीमित सूचनामा प्राप्त गरेको भरमा भ्रमपूर्ण जानकारी सम्प्रेषण नगर्न सम्वन्धित सबैमा अनुरोध गर्दछौँ

 यस्तै सगुनलाई विश्वास माया गर्नुहुने सम्पूर्ण लगानीकर्ता, शुभचिन्तक तथा प्रयोगकर्ताहरुलाई यस्ता भ्रम अन्योलमा नपर्न यसै विज्ञप्तिमार्फत् अनुरोध गर्दछौं  

 साथै, यदि सगुनका बारेमा केही प्रश्न वा जिज्ञासा छन् भने कृपया हामीलाई सम्पर्क गर्नुहुन् अनुरोध गर्दछौं

 सगुन, वासिन्टन डिसी, अमेरिका

, जुलाइ २०२०

Contact:

[email protected]

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू