शुक्रबार, चैत १६, २०८०
07:30 | १३:१५

टिकटकको बिकल्पमा आयो ‘चिंगारी’, ७२ घन्टामा ५ लाख डाउनलोड

दश दिनमा तीस लाख भन्दा बढी डाउनलोड

नेपाली लिङ्क जुलाइ ३, २०२०

लन्डन । पछिल्लो समय निकै लोकप्रिय बन्न सफल शर्ट भिडियो एप ‘टिकटक’ लाई भारत सरकारले प्रतिबन्ध लगाएसंगै भारतमा निर्मित ‘चिंगारी’ एपले अहिले उत्तिकै चर्चा कमाएको छ ।

‘चिंगारी’ को एप अहिले एप स्टोर तथा प्ले स्टोरको ‘टप फ्री’ मध्यको सर्वाधिक डाउनलोड गरिने एप अन्तर्गत पर्दछ ।

गएको दश दिनमा तीस लाख भन्दा बढीले सो एप डाउनलोड गरेका छन् । पछिल्लो ७२ घन्टामा मात्र ‘चिंगारी’ पाँच लाखले डाउनलोड गरेका छन् ।

उक्त एप अंग्रेजी, हिन्दी, बंगला, मराठी, कन्नाडा, पन्जाबी, मलायालम, तामिल, तेलुगु लगायत भाषामा उपलब्ध छ । चीनमा बनेका ५९ वटा एपलाई भारत सरकारले हालै प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू