शुक्रबार, वैशाख ७, २०८१
07:04 | ११:४९

नेकपा दुई अध्यक्षको विवाद नयाँ चरणमा

मन्त्रीपरिषद बैठकअघि प्रधानमन्त्री राष्ट्रपति निवासमा

नेपाली लिङ्क जुलाइ २, २०२०

फाइल तस्विर

काठमाडौं । सत्तारुढ नेकपाका दुई अध्यक्षबीचको मतभेद नयाँ चरणमा पुगेको छ ।

विहीबार दिउंसो बस्ने मन्त्रीपरिषद बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास गएका छन् ।

अर्का अध्यक्ष प्रचन्डसँगको मतभेद उत्कर्षमा रहेका बेला मन्त्रीपरिषद बैठक शुरु हुनु पूर्व प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न जानु अर्थपूर्ण मानिएको छ ।

यता अर्का अध्यक्ष प्रचन्डले बिहीबार बिहान नै प्रधानमन्त्री ओलीनिकट नेताहरुलाई भेटेका छन् ।

प्रचन्डले ओलीनिकट ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङसहितका नेतालाई आफ्नै निवास खुमलटार बोलाएका थिए ।

त्यसक्रममा प्रचन्डले प्रधानमन्त्री ओलीले सहमति नमानेको र एकलौटी रुपमा निर्णय गर्दै अघि बढ्न खोजेको गुनासो गरेका थिए ।

ओलीनिकट नेताहरुले पनि दुवै अध्यक्ष मिल्नुको विकल्प नरहेको भन्दै प्रधानमन्त्रीलाई सम्झाउने आश्वासन प्रचन्डलाई दिएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू