शुक्रबार, वैशाख १४, २०८१
14:06 | १८:५१

विश्वभरमा कोरोनाका कारण पाँच लाख १४ हजार बढीको मृत्यु

एक करोड ६ लाख १३ हजार ३५ जना सङ्क्रमित

रासस जुलाइ १, २०२०

जेनेभा स्वीट्जरल्याण्ड । कोरोना भाइरस (कोभिड १९)  बाट विश्वभर मृतक संख्या पाँच लाख १४ हजार ६ सय १५ पुगेको छ । साथै विश्वभर एक करोड ६ लाख १३ हजार ३५ जना सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

कोरोना भाइरसका कारण बिरामी भएका ५८ लाख २१ हजार १ सय ७५ जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस सङ्क्रमित करीब ४२ लाख ८७ हजार ९४ व्यक्ति उपचाररत रहेका छन् । सङ्क्रमित हरुमा ५७ हजार ९ सय १२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २७ लाख २७ हजार ९ सय ९६ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३० हजार १ सय २३ व्यक्तिको मृत्यु भइसकेको छ ।

दक्षिण अमेरिकामा २२ लाख ३८ हजार ८८४ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । ८८ हजार ७ सय ४७ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३१ लाख ८५ हजार ४ सय २८ जना कोरोना भाइरस संक्रमति रहेका छन् । एक लाख ६९ हजार ७ सय ८ जनाको मृत्यु भएको छ ।

युरोपमा २४ लाख ५० हजार ४ सय ७० जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने एक लाख ९१ हजार ८ सय २१ को मृत्यु भएको छ । एसियामा २३ लाख १९ हजार ५ सय १९ जनामा कोरोना भाइरस सङ्क्रमित रहेको छ भने, ५७ हजार ३ सय १ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा चार लाख ८ हजार ३ सय  जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १० हजार १ सय ९५ जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार ५ सय ६० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १ सय २६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू