शुक्रबार, वैशाख १४, २०८१
21:57 | ०२:४२

काठमान्डौमा पनि देखियो सलह

नेपाली लिङ्क जुलाइ १, २०२०

काठमाडौँ । अफ्रिकी मुलुकबाट पाकिस्तान, भारत हुँदै केही दिनअघि नेपालको तराईका जिल्लामा देखापरेको सलह मङ्गलबार काठमाडौँमा समेत देखा परेको छ ।

तर यसको खासै प्रभाव नहुने विज्ञहरुको धारणा  छ । गत शनिबार रुपन्देही, सिन्धुली, चितवनलगायत जिल्लामा देखापरेको सलह वर्षा भएपछि मर्ने गर्छ ।

वरिष्ठ कृषिविज्ञ डा केदार बुढाथोकीका अनुसार सलहको सङ्ख्या लाखौँ वा करोडौँको परिमाणमा हुन्छ । “काठमाडौँमा देखा परेको सलहको झुण्ड ठूलो होइन” डा. बूढाथोकीले बताए ।

नेपालमा मनसुन शुरु भइसकेकाले यसको प्रभाव कम हुने अनुमान गरिएको छ । पूर्वी दिशाबाट पश्चिमतिर बहेको हावासँगै सलह पनि पश्चिमतिर सर्ने अनुमान मौसम तथा जलवायु महाशाखाले गरेको छ ।

पानी परेपछि सलहको जोखिम कम हुने कृषिविज्ञहरुले बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू