शुक्रबार, भदौ २८, २०८१
00:11
|
०४:५६
अमेरिकामा कोरोनाइभाइरस भ्याक्सिनको परीक्षण जारी
रासस–एएनआई
जुलाइ १, २०२०
वासिङ्टन । संयुक्तराज्य अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोरोनाभाइरसको भ्याक्सिनको क्लिनिकल परीक्षणका लागि अनुमति दिएको छ ।
एफडिएका प्रमुख स्टिफेन हानले चार किसिमका खोपहरुको क्लिनिकल परीक्षणका लागि अनुमति दिइएको जानकारी दिए । उन अरु छ किसिमका खोप पनि परीक्षणको क्रममा रहेको बताए ।
अमेरिकी प्रशासनले सन् २०२१ को जनवरीसम्ममा कोविड–१९ का लागि ३० करोड भ्याक्सिन उत्पादन गरी बितरण गर्ने लक्ष्य राखेको छ ।
यसैबीच, अमेरिकी संक्रामक रोग विज्ञ एन्थोनी फाउचीले अमेरिकामा सुरक्षित र कामकाजी किसिमको भ्याक्सिन तयार हुनेमा अझै आशावादी हुने लक्षण नदेखिएको चेतावनी दिएका छन् ।
उनले भ्याक्सिनका प्रभावकारिता सम्बन्धी विवरणहरु आगामी वर्षको शुरुतिर मात्र प्राप्त हुने पनि जानकारी दिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५