मंगलबार, कार्तिक ४, २०७७
15:36 | २०:२१

इरानको स्वास्थ्य क्लिनिकमा विष्फोट, १९ को मृत्यु

रासस–एएनआई जुलाइ १, २०२०

तेहरान ।  इरानको राजधानी तेहरानस्थित एक स्वास्थ्य क्लिनिकमा भएको ठूलो विष्फोट र आगलागीका कारण कम्तीमा १९ जनाको मृत्यु भएको छ । 

इरानी आपतकालीन सेवाका अनुसार मृत्यु हुनेहरुमा १५ जना पुरुष र ४ जना महिला छन् ।

प्रारम्भिक अनुसन्धानमा स्वास्थ्य उपचार गर्ने एक क्लिनिकको तल्लो तलामा राखिएका अक्सिजनका सिलिण्डर विष्फोट भएको पाइएको छ । 

प्रहरी र उद्धारकर्मीले घटनास्थलबाट अरु घाइतेको उद्धार गरी अस्पताल लगेका थिए । उक्त घटनामा कुनै असामाजिक तत्वको संलग्नता रहे नरहेको बारेमा प्रहरीले अनुसन्धान पनि शुरु गरेको जनाएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू