शनिबार, वैशाख १५, २०८१
19:46 | ००:३१

पाकिस्तानी सेनाको पहिलो महिला लेफ्टिनेन्ट जनरलमा निगर जोहर

उनी मेजर जनरलमा सन् २०१७ मा पदोन्नती हुँदा उक्त पदमा पुग्ने तेस्रो महिला बनेकी थिइन्

रासस जुन ३०, २०२०

इस्लामाबाद । मेजर जनरल निगार जोहर मङ्गलबार पाकिस्तानी सेनाको इतिहासमा लेफ्टिनेन्ट जनरलको पदमा पुग्ने पहिलो महिला अधिकारी बनेकी छिन् ।

पकिस्तानी सेनाको अन्तर सेवा सार्वजनिक सम्बन्ध (आईएसपीआर) लाई उद्धृत गर्दै एआरवाई न्यूजले भनेको छ, ‘मेजर जनरल निगार जोहरलाई लेफ्टिनेन्ट जनरलका रूपमा पदोन्नती गरिएको छ ।’

पाकिस्तानी सेनाको सञ्चार शाखाका अनुसार जोहरले पाकिस्तानी सेनाको पहिलो सर्जन जनरलका रूपमा पनि इतिहास बनाएकी छन्।

जोहर पाकिस्तानको ख्यवरपाख्तुङ्ख्या राज्य स्वावी जिल्ला, पञ्जपीरका स्थायी वासिन्दा भएको आइएसपीआरले आफ्नो ट्वीटर पेजमा उल्लेख गरेको छ ।

उनी सन् २०१७ मा मेजर जनरलमा पदोन्नती हुँदा उक्त पदमा पुग्ने तेस्रो महिला बनेकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू