बुधबार, वैशाख १२, २०८१
00:56 | ०५:४१

कोरोना भाइरसबाट पाँच लाख ८ हजार बढीको मृत्यु

रासस-एएफपी जुन ३०, २०२०

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ८ हजार २५० पुगेको छ । साथै विश्वभर १ करोड ४ लाख १३ हजार ५५८ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिइएको छ ।

मंगलबार अपराह्नसम्म कोरोना भाइरसबाट संक्रमित भएका ५६ लाख ६९ हजार ५९४ जना निको भएका छन् ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २६ लाख ८१ हजार ८११ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । अमेरिकामा १ लाख २८ हजार ७८३ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २१ लाख ८७ हजार १२९ जना कोरोना भाइरस संक्रमति छन् । यहाँ ८३ हजार ६७१ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३१ लाख २९ हजार ४२६ जना कोरोना भाइरस संक्रमति छन् र १ लाख ६७ हजार ६०२ जनाको मृत्यु भएको छ ।

युरोपमा २४ लाख २९ हजार ९५१ जना कोरोना भाइरस संक्रमित छन् भने १ लाख ९१ हजार ३८ को मृत्यु भएको छ । एसियामा २२ लाख ६० हजार ५४१ जनामा कोरोना भाइरस संक्रमण हुनाको साथै ५५ हजार ८८४ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ३ लाख ९६ हजार ३१४ जनामा कोरोना भाइरस संक्रमण भएको छ भने ९ हजार ९१४ जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण र १२६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू