बुधबार, कार्तिक १२, २०७७
23:43 | ०५:२८

बंगलादेशमा डुङ्गा दुर्घटनामा २३ को मृत्यु

रासस -एएफपी जुन २९, २०२०

ढाका ।  बंगलादेशको राजधानी ढाकाको बुरिगाङगास्थित एक नदीमा सोमबार विहान भएको एक डुङ्गा दुर्घटनामा परी कम्तीमा २३ व्यक्तिको मृत्यु भएको छ ।

सानो डुङ्गा अर्को एक ठूलो पानी जहाजमा ठोक्किँदा अन्य कैयौ बेपत्ता भएका उद्धारकर्ताहरुले जानकारी दिएका छन् ।

दुर्घटनामा परेका २३ व्यक्तिको शव जलक्षेत्रबाट बाहिर निकालिएको सरकारी अधिकारी इनायट हुसेनले जानकारी दिनुभएको छ ।

दुर्घटनामा परेको डुङ्गामा ५० व्यक्ति सवार रहेका अनुमान गरिएको पनि हुसेनले बताएका छन् । उद्धारकार्य जारी रहेको बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू