शुक्रबार, चैत १६, २०८०
12:56 | १८:४१

कोरोनाबाट ज्यान गुमाउने ५ लाख ४ हजार बढी

रासस-एएफपी जुन २९, २०२०

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ४ हजार ४ सय ९१ पुगेको छ । साथै विश्वभर १ करोड २ लाख ४९ हजार ८ सय ४० जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ ।

सोमबार मध्याह्नसम्म कोरोना भाइरसका कारण बिरामी भएका ५५ लाख ५७ हजार ९ सय ८० जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४१ लाख ८७ हजार ३ सय ६९ व्यक्ति उपचाररत छन् । जसमध्ये ५७ हजार ३ सय ४७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २६ लाख ३७ हजार ७७ जना कोरोना भाइरस संक्रमित भएका छन् । जहाँ कोरोनाकै कारण १ लाख २८ हजार ४ सय ३७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २१ लाख ४७ हजार ६ सय ८३ जना कोरोना भाइरस संक्रमति छन् । यहाँ ८२ हजार ३ सय ८६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३० लाख ७६ हजार ९ सय ७० जना कोरोना भाइरस संक्रमति छन् । जहाँ १ लाख ६६ हजार ६ सय ९० जनाको मृत्यु भएको छ ।

युरोपमा २४ लाख १३ हजार ५ सय १९ जना कोरोना भाइरस संक्रमित छन् भने १ लाख ९० हजार ७ सय २५ को मृत्यु भएको छ । एसियामा २२ लाख १६ हजार ३ सय २१ जनामा कोरोना भाइरस संक्रमण भएको छ र ५४ हजार ८ सय ५१ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ३ लाख ८५ हजार २ सय १९ जनामा कोरोना भाइरस संक्रमण भएको छ भने ९ हजार ६ सय ९८ जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार ४ सय ७ जनामा कोरोना भाइरस संक्रमण हुनाको साथै १ सय २६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू