शुक्रबार, वैशाख १४, २०८१
21:18 | ०२:०३

एनआरएनएको आर्थिक स्वास्थ्य सुधार्ने कोष परिचालन विभागको लक्ष्य

नेपाली लिङ्क जुन २८, २०२०

लण्डन । एनआरएनए आइसीसीअन्तर्गतको कोष परिचालन विभागले आफ्नो सक्रियता बढाउँदै गएको छ । आइसीसी सहकोषाध्यक्ष लोक दाहाल अध्यक्षताको विभागले कोभिड १९ महामारीपछि एनआरएनएले सामना गर्नुपर्ने आर्थिक चुनौतिहरुलाई ध्यानमा राख्दै आफ्नो कार्ययोजना तय गरेको छ ।

शनिबार सम्पन्न अनलाइन बैठकमार्फत विभागले गैरआवासीय नेपाली संघको आर्थिक स्वास्थ्यलाई सुधार गरी बलियो पार्ने लक्ष्यसहित विभिन्न १२ निर्णय गरेको विभागका सचिव राजन खकुरेलले जानकारी दिएका छन् ।

खकुरेलका अनुसार बैठकले अन्तरराष्ट्रिय दाता एजेन्सीहरुसंग समन्वय गर्ने तथा एनआरएनए इन्भेस्टमेन्ट, माइक्रो फईनान्स र मोनाको सहकार्यलाई तीव्र रुपमा अघि बढाउने निर्णय गरेको छ । पुराना प्रतिबद्धता भएका रकमलाई चाँडो भन्दा चाँडो उठाउने, हरेक राष्ट्रिय समन्वय परिषदसँग आर्थिक विषयमा समन्वय गर्ने, सदस्यहरुले पाउने सुविधा र सहुलियतलाई प्रभावकारी बनाउने जस्ता निर्णय पनि भएका छन् ।

त्यस्तै, अनररी काउन्सिल सदस्य, आइसीसी सदस्य र सल्लाहकारहरुसँग छलफल गरि कार्ययोजन तय गर्ने, कोष उठाउन गैरआवासीय नेपाली संघको एक मजबुद टिम बनाउने र एनआरएनएको खातालाई मजबुत बनाउन प्रभावकरी योजना ल्याउने पनि निर्णय गरिएको छ ।

बैठकमा कोषाध्यक्ष महेश श्रेष्ठले वित्तीय प्रतिवेदन दुई हप्तामा सार्वजनिक गर्ने तथा नेपालमा डिजिटल स्वास्थ्य सेवा तथा परामर्श गर्न ’’एनआरएनए डिजिटल हेल्थ क्याम्प प्रोजेक्ट’’को थालनी गर्ने लगायतका निर्णय पनि भएका छन् ।

विभागका अध्यक्ष दाहालको अध्यक्षतामा सम्पन्न बैठकमा अतिथिका रुपमा आइसीसी महासचिव डा हेम राज शर्मा ,कोषाध्यक्ष महेश श्रेष्ठ र एनआरएनए यूके सचिव जीत रानाभाट पनि सहभागी थिए ।

विभागका तर्फबाट सहसंयोजक सुदिप कार्की, सचिव राजन खकुराल र सदस्य आरसी पन्त लगायतको बैठकमा सहभागिता थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू