विश्वभर कोरोना संक्रमितको संख्या एक करोड पुग्यो
अमेरिका । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या विश्वभर एक करोड पुगेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा विश्वभर कोरोना भाइरस संक्रमणबाट ४ लाख ९८ हजार ८९५ जनाको मृत्यु भएको उल्लेख छ । करिब ५० लाख संक्रमित व्यक्ति निको भएर अस्पतालहरुबाट डिस्चार्ज भएका छन् ।
चीनको उहानबाट उत्पत्ति भएको भनिएको यस भाइरसबाट संयुक्तराज्य अमेरिका सबैभन्दा नराम्रोसँग प्रभावित भएको छ । विश्वविद्यालयका अनुसार संयुक्तराज्य अमेरिकामा १ लाख २५ हजार ५३९ जनाको मृत्यु भइसकेको छ ।
विश्वमै सबैभन्दा बढी व्यक्ति संक्रमित देखिएको अमेरिकामा हालसम्म २५ लाख १० हजारभन्दा बढी मानिस प्रभावित छन् । दोस्रो बढी संक्रमित भेटिएको मुलुक ब्राजिल छ । यहाँ हालसम्म १३ लाख १४ हजार व्यक्ति संक्रमित भएका र करिब ५७ हजारको मृत्यु भएको छ ।
अमेरिका, भारत, डेनमार्क र इटाली समेतका विश्वमा अति प्रभावित मुलुकहरुले कोरोनाभाइरस फैलिनेक्रम तीव्र रहेकै अवस्थामा लकडाउन खुकुलो बनाउन थालेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५