शनिबार, साउन १२, २०८१
05:43 | १०:२८

लन्डनमा रहेका पाकिस्तानी पूर्वप्रधानमन्त्री शरिफविरुद्ध मुद्दा दायर

७० वर्षीय शरिफलाई पक्राउ पुर्जी जारी

पीटीआई/रासस जुन २७, २०२०

लन्डन । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफविरुद्ध भ्रष्टाचारसम्वन्धी मुद्दा दायर गरिएको छ ।

पाकिस्तानको भ्रष्टाचार नियन्त्रणसम्वन्धी निकायले भ्रष्टाचार गरेको भन्दै उनी विरुद्ध मुद्दा दायर गरेको अधिकारीहरुले जनाएका छन् ।

उनीसँगै अरु तीन जनालाई पनि ३४ बर्ष अगाडिको पञ्जाव प्रान्तको जग्गासम्वन्धी काम कानून विपरित गरेको भन्दै दोषी दावी गरेर मुद्दा दायर गरिएको हो ।

स्वास्थ्य उपचारका क्रममा अहिले बेलायतको लण्डनमा रहेका ७० बर्षीय शरिफलाई पक्राउ पुर्जी पनि जारी गरिएको छ ।

पाकिस्तानमा तीन पटक प्रधानमन्त्री भएका शरिफलाई यस अघि भ्रष्टाचारसम्वन्धी अन्य मुद्दा पनि लगाइएको छ ।

अहिलेको मुद्दामा उनीसँगै दोषी दावी गरिएकामा जङ्ग÷जेओ मिडिया ग्रुपका सञ्चालक मिर शकिलुर रहमान, लाहोर विकास प्राधिकरणका पूर्व निर्देशक हुमायुन फइज रासुल र पूर्व भूमि निर्देशक मिअन बसिर रहेका छन् ।

सन् १९८६ मा शरिफ पञ्जाबको मुख्यमन्त्री भएका थिए । मुख्यमन्त्री रहेको समय उनले अवैध तरिकाले मिर शुकिलुर रहमानलाई लाहोरको केही जग्गा दिलाएको दावी गरिएको छ ।

सो कार्य गर्दा शरिफ र दुई जना सरकारी उच्च अधिकारीले कानून उलङ्घन गर्दै शक्तिको दुरुपयोग गरेको आरोप लगाइएको छ ।

अन्य मुद्दासमेतमा आरोप लागेर दण्ड सजाय भोगेका शरिफले उपचारका लागि अदालतले अनुमति दिएपछि गत नोभेम्बरमा लण्डन आएका थिए ।

उनी उपचारका लागि चार हप्ताका लागि मात्रै अनुमति पाएपनि अहिलेसम्म बसिरहेका छन् । शरिफकी श्रीमतीको पनि दुई वर्ष अगाडि उपचारकै क्रममा लण्डनमा निधन भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू