शुक्रबार, चैत १६, २०८०
09:29 | १५:१४

विश्व व्यापारमा करिब १९ प्रतिशत गिरावट

रासस–एएफपी जुन २३, २०२०


जेनेभा, ९ असार– कोरोनाभाइरस महामारीका कारण विश्वको व्यापारमा दोस्रो चौमासिकमा ठूलो गिरावट आएको विश्व व्यापार संगठनले जनाएको छ ।

संगठनका अनुसार सन् २०२० को दोस्रो चौमासिक अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १८. ५ प्रतिशतले कमी आएको छ ।

संगठनद्वारा जारी वक्तव्यमा दोस्रो चौमासिक अवधिको प्रारम्भिक अनुमान अनुसार कोरोनाभाइरसको प्रसार र त्यसलाई रोक्न अपनाइएका लकडाउन समेतका प्रतिबन्धहरुले विश्व व्यापारमा व्यापक असर पारेको उल्लेख छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू