बुधबार, वैशाख ५, २०८१
20:54 | ०१:३९

दुबइले जुलाई ७ देखि विदेशीलाई आगमन खुला गर्ने

रासस-एएनआई जुन २२, २०२०


दुबइ । दुबइले जुलाई ७ देखि विदेशी पर्यटकहरुका लागि आगमन खुला गर्ने जनाएको छ । तर दुबई जाने हरेक विदेशी पर्यटकले हालैमात्र परीक्षण गरेको कोरोना भाइरसको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने छ ।

त्यसैगरी दुबई पुगेपछि पनि यहांको विमानस्थलमा कोरोना भाइरसको परीक्षणको व्यवस्था गरिएको छ र उनीहरुले त्यहां पनि परीक्षण गराउनुपर्ने प्रावधान राखिएको छ । दुबईले यही जुन २२ देखि विदेशमा रहेका आफ्ना नागरिकलाई पनि स्वदेश ओसार्ने नियम बनाएको पनि स्थानीय अखबारले जनाएका छन् ।

त्यस्तै आफ्ना नागरिकलाई पनि जुन २३ देखि विदेश भ्रमणका लागि अनुमति दिने नियम दुबइले बनाएको बताइएको छ । त्यस्तै जुलाई ७ देखि नै विदेशी नागरिकलाई स्वदेश प्रवेश गर्न खुला गर्ने भएको हो । यसरी भित्रिने विदेशीहरुले दुबईको विमानस्थलमा राखिएको परीक्षण कक्षमा पिसिआर गराइने छ ।

यसरी स्वदेश आएका पर्यटक तथा विदेशी नागरिकहरुले यहाँको सरकारले बनाएका स्वास्थ्यसम्बन्धी मापदण्डहरु पालना गर्नु पर्ने नियम पनि बनाएको सो समाचारमा जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू