शुक्रबार, चैत १६, २०८०
12:15 | १८:००

पर्यटन मन्त्री बोल्दै गर्दा ‘पोर्न भिडियो’ बजेपछि…

नेपाली लिङ्क जुन २२, २०२०

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई सहभागी एक भर्चुअल बैठकमा पोर्न भिडियो बजेपछि स्थगित भएको छ ।

नेपाल पर्यटन बोर्डले सोमबार ‘जुम एप’ मार्फत गरेको बैठकमा अचानक पोर्न भिडियो खुलेपछि कार्यक्रम स्थगित भएको हो ।

पर्यटनसँग सम्बन्धी सुरक्षा निर्देशिका सार्वजनिक गर्न उक्त बैठक आयोजना गरिएको थियो। कार्यक्रममा मन्त्री भट्टराई प्रमुख अतिथि थिए । मन्त्री बोल्न सुरु गरेको एकछिनमै अश्लिल भिडियोहरु भटाभट देखिन थालेका थिए । त्यसपछि सहभागीहरु अचम्मित गर्दै मिटिङ ‘लिभ’ गरेका थिए ।

उक्त जुम मिटिङमा देशभरका २ सयजना बढी पर्यटन व्यवसायी, उद्यमी र संचारकर्मी सहभागी थिए । अनाधिकृत रुपमा भर्चुल मिटिङमा प्रवेश गरेका ‘ह्यारिस’ नामको आईडीबाट यस्तो घटना भएको बताइएको छ ।

पर्यटनमन्त्री भट्टराईले नेपालमा पर्यटन व्यवसायी समस्यामा रहेको, मजदुरले रोजीरोटी गुमाएको सन्दर्भ सुनाउँदा सुनाउँदै वेबिनारमा पोर्न भिडियो देखिएको थियो ।

बोर्डका एक अधिकारीले कसैले ह्‍याक गरेर यस्तो दृश्यहरु देखाइएको हुनसक्‍ने बताउँदै यसबारेमा छानबिन भइरहेको जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू