शुक्रबार, चैत १६, २०८०
05:42 | ११:२७

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

ब्राजिलमा कोरोना संक्रमितको संख्या १० लाख भन्दा बढी

नेपाली लिङ्क जुन २२, २०२०

लन्डन । विश्वभर कोभिड–१९ का कारण मृत्यु हुने मुलुकमा अमेरिकापछि ब्राजिल दोस्रो राष्ट्र बनेको छ । ब्राजिलमा हालसम्म कोरोना संक्रमणका कारण ५० हजार ५ सय ५९ जनाले ज्यान गुमाइसकेको वर्ल्डओमिटरले जानकारी दिएको छ ।

आइतबार बिहान ब्राजिली स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ६४१ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । ब्राजिलमा कोरोना संक्रमितको संख्या १० लाख ८६ हजार ९ सय ९० पुगेको छ ।

कोरोना संक्रमणको नियन्त्रणमा उपयुक्त कदम नचालेको भन्दै राष्ट्रपति जायर बोलसोनारोविरुद्ध ब्राजिली सडकमा प्रदर्शनसमेत सुरु भएको छ । विज्ञहरुले भाइरसबाट सङ्क्रमित हुने र मृतकको सङ्ख्या अझै उचाइमा पुग्नसक्ने चेतावनी दिएका छन् ।

ब्राजिलभन्दा बढी प्रभावित राष्ट्र अमेरिकामा हालसम्म कोरोना संक्रमणबाट १ लाख २२ हजार २ सय ४८ जनाको निधन भैसकेको छ । यसैगरी अमेरिकामा २३ लाख ५६ हजार ७ सय १५ जना संक्रमित रहेका छन् ।

हालसम्म विश्वभर कोरोनाको संक्रमणबाट ४ लाख ७० हजारभन्दा बढीको मृत्यु भैसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू