शनिबार, वैशाख ८, २०८१
10:52 | १५:३७

एनआरएनएले दियो २ हजार ५ सय पीसीआर कीट

नेपाली लिङ्क जुन २०, २०२०

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले सुदूरपश्चिम प्रदेशका लागि २ हजार ५ सय पीसीआर कीट (स्वास्थ्य सम्वन्धी सामग्री) उपलब्ध गराएको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार सुदूरपश्चिममा भारतबाट ठूलो संख्याका नेपाली भित्रिए पनि परीक्षण हुन नपाई लामो समय क्वारेन्टिनमै कष्टपूर्ण तवरले बस्नुपरे पछि संघले सो सहयोग गरेको हो ।

पन्तले कोरोना परिक्षणका लागि किटको अभाव समेत झेल्नुपरेको अवस्था थियो । पन्तका अनुसार संघले सुदूरपश्चिमका पहाडी जिल्लालाई लक्षित गरी डडेलधुरामा स्थापना गर्न लागिएको पीसीआर प्रयोगशालामा गैरआवासीय नेपालीको सहयोग गर्ने भएको छ ।

गैर आवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष अभियन्ता हिक्मत थापाको सकृयतामा एनआरएनएले सुदूरपश्चिम प्रदेशका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टमार्फत २ हजार ५ सय पीसीआर किट र सोही संख्यामा भिटिएम हस्तान्तरण गरेको हो ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका कार्यकारी निर्देशक राजेश रानाले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंहको रोहवरमा शनिवार मन्त्री भट्टलाई पीसीआर कीट र भिटिएम हस्तान्तरण गरेका हुन् । किट हस्तान्तरण कार्यक्रमा मन्त्री भट्टले एनआरएनबाट प्राप्त पीसीआर किटमा सरकारका तर्फबाट थप किट थपेर आइतबारसम्म सुदूरपश्चिम पठाउने प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू