शुक्रबार, वैशाख ७, २०८१
08:36 | १३:२१

भारतमा एकै दिन १४ हजार ५१६ संक्रमित

रासस/एएनआई जुन २०, २०२०


नयांदिल्ली ६ असार- भारतमा गएको २४ घन्टामा मात्र १४ हजार भन्दा बढी संक्रमित भेटिएका छन् । भारतमा एकै दिन यतिधेरै मानिस संक्रमित भएको यो पहिलो घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

शनिबार प्राप्त समाचारमा भारतमा १४ हजार ५१६ जना संक्रमित भेटिएका हुन् । यो संगै भारतमा संक्रमितको संख्या चार लाख नजिक पुगेको बताइएको छ ।

भारतको संघीय स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्म तीन लाख ९६ हजार १८२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतभर भएका ती संक्रमितमध्ये १२ हजार ९७० व्यक्तिको मृत्यु भएको छ । भारतमा निको भएर घर फर्किनेको संख्या दुई लाख १४ हजार २०९ छ । यहां अझै उपचाररत एक लाख ६८ हजार २६९ रहेको बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू