बिहीबार, चैत १५, २०८०
08:51 | १४:३६

जापानमा सतर्कतापूर्व अर्थतन्त्र पुनः सुचारु

रासस/एपी जुन २०, २०२०


टोकियो, ६ असार–जापानमा कोरोनाभाइरसको खतराका कारण बन्द गरिएका आर्थिक गतिविधिहरु पुनः सुचारु गर्न थालिएको छ । व्यापार व्यवसाय सञ्चालनका लागि सरकारी तवरबाट आग्रह गरिएको तर जबरजस्ती भने नगरिएको अधिकारीहरुले जनाएका छन् । रेस्टुरेन्टहरुलाई सकेसम्म धेरै सिट कोठाभन्दा बाहिर बनाउन सुझाव दिएको पनि जनाइएको छ ।

कोरोनाभाइरसको जोखिम अझै पनि उत्तिकै रहेकाले जुनसुकै गतिविधि गर्दा पनि सामाजिक दुरी कायम गरेर मात्रै गर्न चिकित्सकहरुले आग्रह गरेका छन् । विश्वभरी नै नयां सामान्यता ख्याल गर्दै पुरानै अवस्थामा फर्किने क्रम शुरु भइसकेकाले जापानमा पनि सतर्कता र सन्तुलनलाई ध्यान दिन लगाइएको छ ।

कोरोनाभाइरससंग डराएर लामो समयसम्म आर्थिक गतिविधिहरु बन्द गर्दा पर्यटन, निर्यातसंगै साना व्यापार व्यवसायहरुलाई धेरै मर्का परेको पाइएको छ । जापानमा अन्य कतिपय देशहरुमा झैं लकडाउन अति कडाइका साथ लागू नगरिएकाले कोरोनाभाइरसको खतरा र त्यसले क्षति गर्नसक्ने संभावना अझै पनि रहेकाले त्यसलाई ध्यान दिनै पर्ने अर्थविद्हरुले पनि बताएका छन् ।

जापानले कतिपय बस्तु तथा सेवाहरु निर्यात गर्ने देशहरुमा पनि अझै सामान्य अवस्था नआएको र आवतजावत गर्न वा ढुवानी गर्न नपाइएकाले अर्थतन्त्रमा असर भने परि नै रहेको उनीहरुको भनाई छ ।

अर्थविद्हरुले जापानको अर्थतन्त्र तत्कालै र सजिलै सुधार हुने अवस्थामा नरहेको पनि विश्लेषण गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू