बिहीबार, चैत १५, २०८०
14:04 | १९:४९

दक्षिण कोरियामा ६७ नयाँ संक्रमित भेटिए

रासस जुन २०, २०२०

सउल । दक्षिण कोरियामा शनिबार मात्र ६७ जना नयाँ कोरोना भाइरसका संक्रमित भेटिएका छन् । निकै लामो समयपछि यहाँ एकै दिन यतिधेरै मानिस संक्रमित भेटिएका हुन् ।

गत मे २८ पछि यहाँ पहिलो पटक यति ठूलो संख्यामा संक्रमित भेटिएका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । 

शनिबार तीन हप्तापछि पहिलोपटक दक्षिण कोरियामा ६७ जना नयाँ संक्रमित भेटिएका छन् र तीमध्ये ३१ जना विदेशबाट आएका व्यक्ति हुन् । बाँकी दक्षिण कोरियाकै नागरिक संक्रमित भएका हुन् ।

गत मे २८ मा यहाँ ७९ जना संक्रमित भेटिएका थिए । त्यसपछि यहाँ यति ठूलो संख्यामा पहिलो पटक संक्रमित भेटिएका हुन् । दक्षिण कोरिया कोरोना भाइरसको नियन्त्रणमा सफल देशका रुपमा मानिन्छ । यहाँ पछिल्लो समयमा उक्त प्रकोप नियन्त्रणमा रहेको पाइएको छ । 

 यहाँ अहिलेसम्म १२ हजार ३७३ जना संक्रमित छन् । साथै यहाँका २८० जना नागरिकको भाइरसको संक्रमणबाट निधन भएको बताइएको छ ।

दक्षिण कोरियामा मेको शुरुवातदेखि नै कोरोना भाइरसको प्रकोपबाट बच्न सामाजिक दुरी कायम गर्नुका साथै स्वास्थ्यका विविध मापदण्डहरु निकै कडाइका साथ पालना गरिएको छ । जसका कारण यहाँ भाइरस संक्रमण विश्वका अन्य देशको तुलनामा फैलिएको छैन ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू