बिहीबार, वैशाख १३, २०८१
18:25 | २३:१०

आइतबार खण्डग्रास सूर्यग्रहण

रासस जुन २०, २०२०

काठमाडौं । आषाढ कृष्ण औँसीका दिन आइतबार खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्दैछ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०. ५० बजे स्पर्श गर्नेछ । मध्याह्न १२. ३८ बजे मध्य र अपराह्न २.२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए   

तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिने उनले बताए   

शास्त्रीय मान्यताअनुसार असार ६ गते राति १०.५० देखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता छ । 

ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजीकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । ग्रहणका बेला गर्न हुने र नहुने कामलाई यी ग्रन्थमा उल्लेख गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू