शुक्रबार, वैशाख १४, २०८१
09:14 | १३:५९

ब्राजिलमा एकैदिन ५४ हजार संक्रमित, एक हजार दुई सयको मृत्यु

ब्राजिलमा मृत्यु हुनेको कुल सङ्ख्या ४९ हजार ९० पुगेको छ

नेपाली लिङ्क जुन २०, २०२०

ब्राजिल । कोरोना भाइरस (कोभिड १९) का कारण पछिल्लो समय ब्राजिल निकै  प्रभावित बन्न पुगेको छ । विश्वमै कोरोनाबाट सबैभन्दा धेरै मृत्यु हुने मुलुकमध्ये ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा छ ।

गएको २४ घन्टामा ब्राजिलमा कोरोना भाइरसका ५४ हजार नयाँ संक्रमित थपिएका छन् । कोरोनाभाइरसबाट ब्राजिलमा मृत्यु हुनेको संख्या ४९ हजार ९० पुगेको छ । यसैगरी संक्रमित संख्या १० लाख ३८ हजार पुगेको छ ।

कोरोनाले पछिल्लो २४ घण्टामा ब्राजिलमा एक हजार २ सय २१ जनाको मृत्यु भएको छ । ब्राजिलमा लगातार चौथो दिन एक हजार दुई सय जनाभन्दा बढीको मृत्यु भएको हो ।

कोरोनाको उचित मात्रामा परीक्षण नहुँदा संक्रमित हुनेको सङ्ख्या अहिलेको तथ्यांकभन्दा अत्याधिक हुने र संक्रमणको क्रम उच्च हुन अझै केही साता लाग्ने विज्ञहरुले बताएका छन् ।

ल्याटिन अमेरिकी राष्ट्र यतिबेला कोरोना संक्रमणको उच्च जोखिममा छन् । मेक्सिको, चिली, पेरुजस्ता राष्ट्रमा संक्रमण तीव्र रुपमा फैलिँदैछ । यी राष्ट्रका प्रमुख शहर पूर्णरुपमा बन्द गरिएका छन् ।

ब्राजिली राष्ट्रपति जायर बोल्सोनेरोले कोरोना संक्रमणको प्रकोपभन्दा ब्राजिलको आर्थिक अवस्था अझै नाजुक हुने बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू